काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।
सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा ४०० वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घका महासचिव सिबी गहतराजले जानकारी दिए । “हाल नेपालमा आठ हजार ५०० चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिकस्थलमा पनि मनाइन्छ”–उनले भने ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।
क्रिसमसको अवसर पारेर विशेष प्रार्थना लगायत कार्यक्रम महासङ्घले राखेको महासचिव गहतराजले बताए ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन