काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल सुधार कार्ययोजनामा समावेश गरिएका मुख्यमुख्य क्षेत्रगत कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यालयले बुधवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव डा सोमलाल सुवेदीले कार्ययोजनामा समावेश गरिएका १० वटा क्षेत्रगत कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यसमा सङ्क्रमणकालीन तथा समग्र सार्वजनिक क्षेत्र, आर्थिक क्षेत्र, उद्योग क्षेत्र, ऊर्जा क्षेत्र, कानुन क्षेत्र, कृषि क्षेत्र, शान्ति सुरक्षा क्षेत्र, कूटनीतिक क्षेत्र, भूमिसुधार तथा व्यवस्थापन क्षेत्र र भौतिक पूर्वाधार तथा यातायात क्षेत्र रहेका छन् ।
नेपालको संविधानमा भएको प्रावधानलाई कार्यान्वयन गर्न आवश्यक नीतिगत, कानुनी, प्रक्रियागत तथा सङ्गठनात्मक व्यवस्था मिलाउने विषयलाई क्षेत्रगत कार्यक्रममा प्राथमिकता दिइएको मुख्यसचिव डा सुवेदीले जानकारी गराए ।
“सङ्घीय ढाँचाअनुरुपको तीन तहको कार्यसूची र अधिकारबमोजिम पुनःसंरचना, तदनुरुप जनशक्ति तथा क्षमता विकास योजना तयार गरी कार्यान्वयन गरिने र भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको कार्यान्वयन एवम् अनुगमन गर्ने विषयलाई सङ्क्रमणकालीन तथा समग्र सार्वजनिक क्षेत्रगत कार्यक्रमअन्तर्गत व्यवस्था गरिएको छ” – उनले भने ।
आर्थिक क्षेत्रमा अर्थतन्त्रमा परेका असरको यथार्थ चित्रणसहित हालै सरकारले जारी गरेको स्वेतपत्र कार्यान्वयन गर्ने, केन्द्रीय राजस्व बोर्ड गठन गर्ने, आन्तरिक राजस्व भुक्तानीमा विद्युतीय भुक्तानी पद्धति लागू गर्ने र वित्तीय क्षेत्र विकास समिति तर्जुमा गरी कार्यान्वयन गर्नेलगायत कार्यक्रम समेटिएका छन् ।
उद्योग क्षेत्रका कार्यक्रममा उद्योग विभागको सबै सेवालाई अनलाइनमा लैजाने र वित्तीय घाटामा गई धेरै कम क्षमतामा सञ्चालन भएर रुग्ण अवस्थामा पुगेका उद्योगको अध्ययन गर्ने योजना छ । पैंतीस वटा उद्योगको रुग्णता पहिचान गरी सिफारिस गर्ने र महिला उद्यमशीलता विकास कोष प्रतिवर्ष १० जिल्लाका दरले विस्तार गरी तीन वर्षभित्र थप ४६ जिल्लामा विस्तार गर्ने कार्यक्रम समावेश गरिएको छ ।
ऊर्जा क्षेत्रका कार्यक्रममा वितरण प्रणालीलाई भरपर्दो, वातावरण तथा सौन्दर्यमैत्री तवरमा क्रमिक रुपले विस्तार गर्दै लगिने छ । सर्वसाधारणका लागि विद्युत्मा पहुँच बढाउँदै लैजान गुरुयोजना तयार गर्ने र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यका लागि आवश्यक आचारसंहिता निर्माण गरी लागू गर्ने उल्लेख गरिएको छ ।
कानुन क्षेत्रअन्तर्गत संविधानबमोजिम नयाँ कानुनको विषय पहिचान गर्ने, संविधानबमोजिम तत्काल संशोधन गर्नुपर्ने ऐन संशोधनको लागि केही नेपाल ऐन संशोधनको मस्यौदा तयार गर्ने र विद्यमान कानुनी व्यवस्था एवम् कार्यान्वयन उपलब्धिबीच देखिएका दूरीलाई विश्लेषण गरी सुधारका उपायको पहिचान गरिने भएको छ ।
कृषि एवम् पशु सेवाको प्राविधिक सेवा तीन हजार गाउँ विकास समितिमा पु¥याउने र कृषि विकास रणनीति कार्यान्वयन गर्ने कार्यक्रम रहेको मुख्यसचिव डा सुवेदीले बताए ।
शान्ति सुरक्षा क्षेत्रअन्तर्गत दैवी प्रकोप उद्धार ऐनलाई विपद् व्यवस्थापन ऐनले प्रतिस्थापन गर्न तीन महिनाभित्र व्यवस्थापिका–संसद्मा विधेयक पेस गरिने भएको छ ।
कूटनीतिक क्षेत्रका कार्यक्रममा चौथो बिमस्टेक सम्मेलन सन् २०१६ मा नेपालमा गर्ने र सहजरुपमा राहदानी वितरणको व्यवस्था मिलाउने कार्यक्रम समावेश गरिएको छ ।
भूमिसुधार तथा व्यवस्थापन क्षेत्रका कार्यक्रममा मालपोत कार्यालयमा बैंक काउन्टर सञ्चालन गर्ने योजना छ । भौतिक पूर्वाधार तथा यातायात क्षेत्रअन्तर्गत काठमाडौँ उपत्यकाका रुटको वैज्ञानिक वर्गीकरण गरी सवारीसाधनको भारवहन क्षमतालाई नियमन गरिने कार्यक्रम छ ।
कार्यक्रमको अनुगमनका लागि सरकारका सम्बन्धित निकायलाई प्रभावकारी रुपमा परिचालन गरिने सम्मेलनमा जानकारी गराइएको थियो ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर