काठमाडौँ ८ पुस । नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको छलफललाई निष्कर्षमा पुरयाउन सक्दो प्रयास गर्ने जनाएको छ ।
काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आज भएको काँगे्रस पदाधिकारी बैठकले मोर्चासँगको छलफललाई व्यवस्थित बनाई टुङ्गोमा पुरयाउन सक्दो प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
काँग्रेसले केही दिनयता मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता र छलफललाई तीव्रता दिएको छ ।
साथै बैठकले आजको व्यवस्थापिका–संसदको बैठकलाई कसरी अघि बढाउने सम्बन्धमा पनि छलफल गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए ।
बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादलाई सुल्झाउने सम्बन्धमा पनि छलफल गरेको छ ।
काँग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद समाधान सम्बन्धमा समितिमा उठेका धारणालाई समेत सम्बोधन गरी तीन दिनभित्र सभापतिलाई प्रतिवेदन बुझाउन आदेश दिएको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयावधिको आज अन्तिम दिन हो ।
आजै प्रतिपक्षी दलका नेतासमेत रहनु भएका सभापति कोइराला र उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाबीच भेटघाट भएको छ । आजदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका उपप्रधानमन्त्री थापाले आफ्नो चीन भ्रमणका बारेमा अवगत गराएको बुझिएको छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन