काठमाडौँ, ७ पुस । मधेस–तराईको आन्दोलन र अघोषित नाकाबन्दीका कारण नेपालको पर्यटन क्षेत्र निकै प्रभावित भएको छ ।
भूकम्पको क्षति विस्तारै पूर्ति गर्दै गएको पर्यटन व्यवसाय तराईको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण पर्यटन व्यवसाय १० वर्षे जनयुद्धको समयमा जस्तै नराम्ररी प्रभावित भएको पर्यटन व्यवसायीको गुनासो छ ।
“तराईको आन्दोलन, नाकाबन्दी र १० घन्टाको विद्युत्भार कटौतीले द्वन्द्वकालको अवस्थामा पर्यटन व्यवसाय पुगेको छ, द्वन्द्वकालमा नारायणी, काठमाडौँ, शेर्पालगायतका होटल बन्द भएका थिए, अहिले त्यही अवस्था आएको छ”–होटल एसोसिएसन अफ नेपालका महासचिव विनायक शाहको भने । उनका अुनसार अहिले पर्यटकको आकर्षकको केन्द्रबिन्दु रहेको ठमेल क्षेत्रमा ससाना १०० औँ होटल बन्द भएका छन् । पर्यटन व्यवसायको ५०औँ वर्षमा सबैभन्दा असहज परिस्थितिको सिर्जना भएको छ । अहिलेको अवस्थाले गर्दा रु पाँच खर्ब लगानी र चार लाखको रोजगारी गुम्ने अवस्थामा पुगेको छ । पर्यटक आउने स्थानमा अनावश्यकरूपमा भूकम्प र नाकाबन्दी चर्चाका कारण पर्यटक आउने सङ्ख्यासमेत घट्दै गएको छ ।
“नेपालको आर्थिक क्रान्ति गर्नसक्ने मेरुदण्ड पर्यटन क्षेत्र हो, असहज परिस्थितिले गर्दा ४० प्रतिशत पर्यटक घटेका छन्, यसबारेमा सरकारले ध्यान पु¥याउनुपर्छ”– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष टासी शेर्पाले जोडे । भारतको अघोषित नाकाबन्दी र तराईको आन्दोलनले गर्दा विदेशमा नेपालको पर्यटनको क्षेत्रमा नकारात्मक प्रचार भइरहेकोतर्फ समेत सरकारले ध्यान दिनुपर्ने पर्यटन व्यवसायीको माग छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सीका अध्यक्ष डिबी लिम्बूले विमानसमेत घटेको र त्यसमा २५ प्रतिशत टिकट नै घटेको गुनासो गरे ।
“आएका पर्यटकलाई पनि घुमाउन पेट्रोल छैन, सरकारले वर्तमान समस्या मात्रै समाधान गर्नसके लगानी गर्ने वातावरण हुन्थ्यो”–उनको आग्रह छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ नेपालको ‘वर्तमान पर्यटनको अवस्था’ विषयक अन्तक्र्रियामा पर्यटन नेपाल सुरक्षित गन्तव्य हो र छ भन्ने सन्देश विश्वमा पु¥याउनुपर्ने जरुरी भएको पर्यटन व्यवसायीको साझा माग छ ।
महासङ्घको तथ्याङ्कअनुसार तराईको आन्दोलन र अघोषित नाकाबन्दीले पर्यटन क्षेत्रमा रु पाँच अर्ब बराबरको क्षति भोग्नुपरेको छ भने ४० देखि ४५ प्रतिशत पर्यटक घटेका छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मुलुकले अर्थतन्त्रको विकास लागि पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने र ७५ वटै जिल्लामा पर्यटकीय गन्तव्यको पहिचान गरी सोहीअनुसार विकास र प्रवद्र्धन गर्नुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मुलुक सङ्घीयतामा गएको अवस्थामा सातवटै प्रदेशमा पर्यटकीय केन्द्र तोकी त्यसको पूर्वाधार विकास गर्ने सरकारको तयारी रहेको छ जनाए । उनका अनुसार सातवटै पर्यटकीय केन्द्र निर्माण गरी ५० लाख पर्यटक भित्र्याउने वातावरण समेत सरकारले बनाउनेछ ।
उहाँका अनुसार धार्मिक पर्यटनको विकास गर्न पशुपतिमा विद्युतीय मेसिनबाट शव दहन गर्ने व्यवस्था मिलाइ कार्बन कम गर्ने सरकारको तयारी छ ।
“नेपालमा साहसिक पर्यटनका साथसाथै धार्मिक र सांस्कृतिक पर्यटनको राम्रो सम्भावना छ, काठमाडौँमा मिनी लुम्बिनीको विकास गरी लुम्बिनीमा आएका पर्यटकलाई पशुपतिनाथ, स्वयम्भूलगायत स्थानमा घुमाउने समेत तयारी छ”– मन्त्री पोखरेलले भने ।
सरकारले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीति निर्माण गर्ने र लगानी गर्ने वातावरणको सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकार र निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।
पर्यटन व्यवसायीले वर्तमान समस्या भएको अवस्थामा कम्तिमा पर्यटकलाई घुमाउन लागि इन्धनको व्यवस्था सरकारले गर्नुपर्ने साझा माग राखेका थिए ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा