लण्डन । दुर्लभ ल्याण्डरोभर जिप लिलाम बढाबढ प्राप्त रकम नेपालमा समुदायको सेवामा खर्चिइने भएको छ ।
बिलासी कार उत्पादक ल्याण्डरोभरले उत्पादन गरेको बीसौँ लाख श्रृंखलाको डिफेण्डर ल्याण्डरोभर गतसाता लण्डनमा च्यारिटीमा लिलाम बढाबढमा राखिएको थियो ।
ए वन अभ काइण्ड माेडलकाे साे जिप लिलाम बढाबढमा चार लाख पाउण्डमा बिक्री भएको छ ।
जसमध्ये आधा रकम रेडक्रसमार्फत नेपालमा खर्च गरिने बताइएको छ । बाँकी आधा रकम बोन फ्रि फाउण्डेसनलाई दिइने छ ।
ल्याण्ड रोभरले मानवीय तथा संरक्षण साझेदार इन्टरन्याशनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिजलाई सो जिप उपलब्ध गराएको हो ।
रेडक्रसले सो रकम ब्रिटिश रेडक्रस र नेपाल रेडक्रसलाई आधाआधा दिने बताएको छ । सो रकम पूर्वी नेपालमा बाढी लगायत प्राकृतिक प्रकोपलाई सामना गर्ने कार्यमा खर्च गरिने रेडक्रसको भनाइ छ ।
तीन वर्षे कार्ययोजना बनाइ बाढीको पूर्व सूचना दिने साइरन राख्ने, जोखिममा कसरी बाँच्ने बारेमा जनचेतना लगाउने, प्राथमिक उपचार, उद्दार आदिका बारेमा तालिम दिइने रेडक्रसको योजना छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’