
काठमाडौँ, ६ पुस । निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त रु १० करोड बराबरको बैंक जमानत दाखिला गरी तारिखमा छुटेका छन् ।
वन्तमाथि आव ०६९÷०७० र ०७०÷७१ मा विभिन्न सामान खरिद गरी त्यस मातहतका एकाइमा ढुवानी गरेको भनिएका कार्यमा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
हालसम्म सङ्कलित सबुद प्रमाण एवम् सम्बन्धित व्यक्तिको बयान व्यहोरासमेतको प्रारम्भिक अनुसन्धानबाट निलम्बित वन्तले मिलेमतोमा नक्कली बिल बनाई करिब रु सात करोड भुक्तानी गरी गराई आर्थिक अनियमितता गरेको आरोप आयोगले लगाएको छ ।
भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकाले निजलाई आयोगले धरौटी जमानतबापत रु १० करोड माग गरेकामा उक्त रकम बराबरको बंैंक जमानत दाखिला गर्न ल्याएकाले निजलाई आज धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन