काठमाडौँ, ६ पुस । एकीकृत नेकपा(माओवादी)ले सङ्घीय गणतन्त्र नेपालको सङ्घीय संरचनाअनुसार नै पार्टीको संरचना बनाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले पार्टीको नयाँ संरचना बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । नेपालको संविधानमा सात सङ्घीय राज्यको व्यवस्था गरिएको छ । सोही व्यवस्थानुसार पार्टीगत संरचना बनाउने निर्णय आइतबारको केन्द्रीय समितिको बैठकले गरेको थियो ।
स्थायी समिति बैठकले सात प्रदेशमा स्थापित नेताको नेतृत्वमा नै पार्टीको संरचना निर्माण गर्ने निर्णय गरेको छ । सकेसम्म स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यको नेतृत्वमा पार्टीको सङ्घीय संरचना बनाइने विषयमा छलफल भएको बुझिएको छ ।
समानुपातिक तथा समावेशी प्रतिनिधि बढाउने, महिला, आदिवासी, जनजाति तथा विगतमा गरेको त्याग, योगदानलाई आधार बनाएर सङ्घीय संरचना बनाइने एमाओवादीले तयारी गरेको छ ।
एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले स्थायी समिति बैठकले सङ्घीय संरचनानुसार पार्टीको संरचना बनाउने भनी गरेको विषयमा मङ्गलबार बस्ने पदाधिकारी बैठकले टुङ्गो लगाउनेछ । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्ने र भारतले जारी राखेको अघोषित नाकाबन्दी लगायत विषयमा छलफल भएको जानकारी दिए ।
बैठकले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्न र वार्ता प्रक्रियालाई सार्थक निष्कर्षमा पुरयाउन सरकारलाई आग्रह गरेको छ ।
बैठकमा एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीका विषयमा समीक्षा गर्नाका साथै जनताका पक्षमा अधिकभन्दा अधिक काम गर्न र जनताको विश्वास जित्न मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर