लन्डन । वरिष्ठ गायक आनन्द कार्की र संगीतकार शिखर सन्तोषले बेलायतको फलमाउथमा एक सांगीतिक कार्यक्रम गरेका छन् । चितवन सहयोग संस्था (क्याट यूके) का सल्लाहकार हेमकान्त सेढाईंको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रममा करिब दुईसयको उपस्थिति थियो ।
कार्यक्रमका सहभागीहरु नेपालबाट आएका गायक कार्की र संगीतकार सन्तोषको गीत संगीतमा रमाउंदै आसन्न पर्वहरु क्रिसमस र अंग्रेजी नयां वर्षको शुभकामना आदानप्रदान गर्न व्यस्त रहे ।
कार्यक्रमका सिलसिलामा क्याट यूकेको चितवनस्थित विकट क्षेत्रबाट सदरमुकामका अस्पतालसम्म विरामी ओसारपसार गर्न एम्बुलेन्स सुविधा प्रदान गर्ने परियोजनालाई एउटा कम्पनीले सौजन्य स्वरुप एउटा कार प्रदान गरेको छ । ८ हजार ३ सय ९९ पाउण्ड मुल्यको एमजी ब्राण्डको नयां कार स्थानीय फलमाउथ ग्यारेजले प्रदान गरेको हो । सेन्ट अस्टेलका मेयर ब्राइन पाल्मरको रोहवरमा कार्यक्रमका अतिथीहरु गायक कार्की र संगीतकार सन्तोष एवं सल्लाहकार हेमकान्त सेढाईंले उक्त कार बुझेका थिए ।
क्याट यूकेको दुई वर्षे कार्ययोजना अन्तर्गत एम्बुलेन्स् परियोजनाका लागि कोष व्यस्वस्था गर्ने क्रममा सल्लाहकार सेढाईंको सक्रियतामा उक्त कार सौजन्य स्वरुप मिलाइएको र संस्थाले छिट्टै एक च्यारिटी कार्यक्रममार्फत पर्याप्त कोष संकलन गरि आवश्यक क्षेत्रको पहिचान गरेर एम्बुलेन्स पठाइने संस्थाका सचिव यादव श्रेष्ठले जनाए ।
संस्थाका अध्यक्ष वसन्त श्रेष्ठले क्याट यूकले विगत देखि नै चितवन जिल्लाको विकट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुर्याउंदै आएको बताए । उनले संस्थाका पूर्व अध्यक्ष हिमाल गुरुङको संयोजकत्वमा माडी क्षेत्रमा एक एम्बुलेन्स् र सल्लाहकार सेढाईंबाट पूर्वी चितवनमा दुईवटा एम्बुलेन्स प्रदान गरिसकिएको समेत जनाए । एम्बुलेन्सको थप सेवाले चितवनको पिछडिएका क्षेत्रका वासिन्दा लाभान्वित हुने संस्थाको विश्वास छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन