
काठमाडौँ, ६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल भारतको त्रिपुरा राज्यमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिएर स्वदेश फर्कनुभएको छ ।
यही पुस ३ र ४ गतेसम्म भएको दुईदिने सम्मेलनमा नेपालका तर्फबाट भाग लिएर आइतबार साँझ उहाँ स्वदेश फर्कनुभएको हो ।
आगामी बुद्ध जयन्ती अर्थात् २१ मार्च २०१६ का अवसरमा नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न आफूले राखेको प्रस्तावलाई सम्मेलनले स्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।
विश्व शान्तिको प्रतीकका रुपमा रहेको लुम्बिनी क्षेत्रमा बन्द, हडताल गर्न नहुने प्रस्तावलाई पनि सम्मेलनले पारित गरेको थियो ।
सम्मेलनमा दक्षिण एसिया र पूर्वी एसियाका ३९ राष्ट्रका सहभागिता थियो ।
भारत भ्रमणका क्रममा मन्त्री पोखरेलले त्रिपुरा राज्यका मुख्य मन्त्रीका माणिक सरकारसँग समेत भेटवार्ता गर्नुभएको थियो ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन