
प्रेस चौतारी नेपालको पाँचौ केन्द्रीय बैठक तथा पुरस्कार वितरण समारोहमा हृदयसिंङ स्मृति पत्रकारिता पुरस्कार पत्रकार तीर्थ कोइराला, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेल, वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार पत्रकार छेटु सेर्पा र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार पत्रकार इश्वरी जीएमका साथमा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल । तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, ४ पुस । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिएको अपमानजनक व्यवहारको निन्दा गर्नुभएको छ ।
प्रेस चौतारी नेपालको पाँचौँ केन्द्रीय बैठक तथा पुरस्कार वितरण समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रपति विवाह महोत्सवमा जानाले त्यहाँको भूमि अपवित्र भएको भनी अमानित हुने गरी केही मधेसी मोर्चाका कार्यकर्ताबाट भएको व्यवहार ‘सामन्ती संस्कारको निरन्तरता’ भएको बताउनुभयो ।
“राष्ट्रपति जस्तो व्यक्तित्व महोत्सवमा पुग्दा ‘विधवा’ भन्ने ? यो एउटा महिलाको मात्र हैन, संसारभरिका महिलाको अपमान हो, के पुरुष विधुर हँुदैनन् ? के यो सती र सामन्ती प्रथा हो ?”–राष्ट्रपतिको भ्रमणबाट त्यो भूमि अपवित्र भयो भनेर क्षमापूजा गरिएको समाचारले आफ्नो मन दुखेको उहाँले बताउनुभयो ।
मधेसमा समानताका लागि विभिन्न आन्दोलन हुँदै आएको स्मरण गर्दै उहाँले निन्दनीय क्रियाकलाप गर्नेलाई अहिलेसम्म कारबाही समेत नभएकाले कस्तो खाले संस्कार कार्यकर्तालाई मधेसी मोर्चालाई दिइरहेको छ भन्ने प्रस्ट देखिएको छ –उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले मधेसीलाई भारतीय मूलका भनेर भन्ने गरिए पनि उनीहरु नेपाली मूलकै भएको र आदिकालदेखि नै त्यहाँ बसोबास गर्दै आएका मधेसीहरु नेपाली आदिवासी भएको स्पष्ट पार्नुभयो । संविधान जारी गर्न आफ्नो दलकोे महत्वपूर्ण भूमिका भएको जिकिर गर्दै उहाँले थप्नुभयो, “एमालेले दृढताका साथ अरुलाई पनि खुट्टा टेकाउने काम गरयो, अरु त थर्थराइसकेका थिए ।”
सञ्चारमाध्यमले देशको भौगोलिक अखण्डता, इतिहासमाथि न्याय दिएर मात्र समाचार प्रकाशन प्रसारण गर्नुपर्ने जिम्मेवारी भएको बताउँदै नेता नेपालले अहिले मुलुकको सङ्कटमा पनि त्यतिकै विवेक प्रयोग गरेर समाचार सम्प्रेसण गर्नुपर्ने औँल्याउनुभयो ।
कोइराला, पोखरेल, शेर्पा र जिएम पुरस्कृत
चौतारीले यस वर्षको ‘हृदयसिंह स्मृति पत्रकारिता पुरस्कार’ तीर्थ कोइराला, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ गोविन्द पोखरेल, ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ ईश्वरी जिएमलाई प्रदान गरेकोे छ ।
ती पुरस्कारको राशि क्रमशः रु १५, १५ हजार तथा साढे सात हजार । साढे सात हजार छन् । बैठकले आजै नवौँ केन्द्रीय महाधिवेशनको मिति र स्थानसमेत तोक्ने छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा