लन्डन । भूपू गोर्खाहरुले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भेटेर आफ्ना माग सम्वन्धमा छलफल गरेका छन् । लन्डनस्थित नेपाली दूतावास भवनमा शुक्रबार दिउसो भेटवार्ता भएको हो ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट निर्देशक ज्ञानराज राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री थापासंग आफ्ना समस्या र गुनासा राखेको थियो ।
करिब आधा घण्टाजति भएको भेटवार्तामा राईले गोर्खा माग केवल गोर्खाहरुको तलव सुविधाको माग मात्र नभई यो नेपालको राष्ट्रिय इज्जत र सम्मानको विषय समेत भएको बताएका थिए । उनले थापासमक्ष ब्रिटेनले गोर्खालीमाथि अन्याय गरेर नेपालका आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक लगायत सबै आधार ध्वस्त बनाइदिएको दावी गरेका थिए । ‘यदि ब्रिटेनले अन्याय नगरेको भए आदिवासी जनजाति पनि अन्य वर्ग र समुदायका दाजुभाई जस्तै राष्ट्र निर्माणमा सक्षम हुन्थे । त्यसैले राष्ट्रिय सद्भाव खलल पार्ने ब्रिटिशसंग डर नमानी नेपाल सरकारले कुरा राखिदिनु पर्यो भन्ने सवाल मन्त्रीसंग उठाएं’, राईले वीनेपालीसंग भने ।
गोर्खाहरुका समस्या सुनेपछि मन्त्री थापाले यहांका राजनीतिज्ञहरुसंग भेट्ने क्रममा भूपू गोर्खाहरुका ऐतिहासिक समस्या राखेको बताए । थापाले बेलायत नेपाल दौत्य सम्वन्ध र ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष मनाइरहंदा गोर्खाहरुले विगतमा गुमाएका कुरा समेत ब्रिटेनले संवोधन गर्नुपर्छ भन्ने विषय उठान गरेको जनाएका थिए ।
मन्त्री थापाले बेलायती समकक्षी र अन्य राजनीतिज्ञहरुसंगको भेटमा ब्रिटिश भूपू गोर्खालाई समानता दिनेबारे ज्याकी डोयल प्राइसको संसदीय प्रतिवेदनलाई आधार बनाउन आग्रह गरेको जनाएका थिए ।
प्रतिउत्तरमा बेलायती समकक्षी फिलिप ह्यामण्डले गोर्खाका समस्या सम्बन्धमा प्राइसको संसदीय प्रतिवेदनका आधारमा ज्यादै मर्कामा परेकालाई ध्यान दिने धारणा राखेको थापाले यसअघि नै बताइसकेका थिए ।
थापाले गोर्खाहरुले न्याय नपाइन्जेलसम्म आफू र नेपाल सरकार गोर्खाहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गरेको राईले जनाए । राईले मन्त्री थापाले ऐतिहासिक अवसरमा ऐतिहासिक सम्वोधन गरेको भन्दै उनी र नेपाल सरकारप्रति आभार समेत व्यक्त गरेका छन् ।
संयुक्त अधिराज्यको तीन दिने भ्रमण सकेर मन्त्री थापा आजै सांझ नेपाल फर्कने कार्यक्रम छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित