
जनकपुरको जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः अजयकुमार साह, जनकपुरधाम, रासस
जनकपुरधाम, १ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताएकी छिन् ।
आज जानकी मन्दिरमा पूजापश्चात् उपस्थित साधुसन्तलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यता र सँस्कृतिको एक पक्षको रुपमा रहेको यो विवाह पञ्चमी महोत्सवलाई जीवन्तता दिनुपर्नेमा जोड दिइन् ।
जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक विवाहपञ्चमी महोत्सवमा सहभागी हँुदा आफू गौरवान्वित भएको बताइन् ।
आफू बाल्यकालमा कैयाँैपटक जनकपुर आएको बताउँदै राष्ट्रपति भण्डारीले आफ्नी आमाको नाम मिथिला र ठूली आमाको नाम जानकी रहेको स्मरण समेत गरिन् ।
हाम्रो सभ्यता र सँस्कृतिको संरक्षण गरी जीवन्तता दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले अर्कोबर्ष फेरि आउने प्रतिवद्धता व्यक्त गरिन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर अञ्चल प्रहरी कार्यालयमा आएकी राष्ट्रपति भण्डारी विहान ११ः५५ बजे जानकी मन्दिरमा दर्शनका लागि पुगेकी थिइन् ।
उनी जानकी मन्दिरमा आइपुग्दा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलगायतका साधुसन्तले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजाअर्चना गरी आजै राजधानी फर्किएकी छन् । उनका साथ भूमिसुधार मन्त्री रामकुमार सुब्बा, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाली काँग्रेसका सांसद किरण यादव प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित विभिन्न सुरक्षा निकायका प्रमुखसमेत आएका थिए ।
राष्ट्रपति भण्डारी जनकपुर आएपछि बिहानैदेखि जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन गरेपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । चौकचौकमा नेपाली सेनाको समेत उपस्थिति थियो ।
राष्ट्रपति भण्डारी मन्दिर परिसरबाट निस्कन लाग्दा मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गर्ने प्रयत्नसमेत गरेका थिए । विभिन्न चौकचौकमा प्रहरीको कडा सुरक्षा रहेको भएपनि मोर्चाका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरे ।
जनकपुरको जानकी मन्दिर, शिव चोक, जनक चोक, भानुचोकसहितका विभिन्न ठाउँमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो ।
त्यसैगरी, राष्ट्रपति फिर्ता भएपछि जानकी मन्दिरमा समेत प्रदर्शनकारीले गरेको विरोध रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले त्यहाँ पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जानकी मन्दिरमा मेला भर्न आएका श्रद्धालुलाई सो बेला मन्दिर परिसरबाट बाहिर निकालिएको थियो । जनकपुरमा विवाह पञ्चमीका दिन तनाव बढेपछि मेला प्रभावित भएको छ ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा