काठमाडौँ, २५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र नेता विकेश श्रेष्ठले पूरक प्रस्ताव दर्ता गराएका हुन् ।
पार्टीको साङ्गठनिक आधार भत्किएको, जनताबाट कटेको, जनतामा जानेभन्दा आफ्नै तालमा हिँड्ने गरेको भन्दै उहाँहरूले पूरक प्रस्ताव दर्ता गराएको बुझिएको छ ।
उनीहरूले तत्काल सङ्गठन सुदृढीकरण योजना ल्याउन, जनतामा फर्क, जनतामा जाउँ भन्ने नाराका साथ कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको स्वामित्व लिदै अपुग भएका विषयमा संशोधनमार्फत पूर्णता दिनसमेत आग्रह गरेका छन् ।
आजको बैठकमा १२ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिँदै प्रवक्ता दिनानाथ शर्माले उनीहरूले पूरक प्रस्ताव दर्ता गरेको नभई लिखित रुपमा आफ्ना धारणा राख्नुभएको जानकारी दिए ।
बैठकमा धारणा राख्ने नेताहरूले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता सङ्कटमा परेको बेला प्रष्ट कार्ययोजना ल्याउन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा ध्यान दिन र विभिन्न पार्टीका रुपमा रहेका माओवादी घटकसँगको एकता प्रक्रिया अगाडि बढाउन जोड दिएका थिए । बैठक शनिबार पुनः ११ बजे बस्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा