काठमाडौँ, २४ मङ्सिर । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युवा, शान्ति र सुरक्षासम्बन्धी २२५० प्रस्ताव अनुमोदन गरेको छ ।
बुधबार राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा अनुमोदन भएको उक्त प्रस्तावले द्वन्द्व तथा द्वन्द्वपछिको समयमा युवा पुस्ताको सुरक्षाका साथै शान्ति स्थापनामा समाजको भूमिकालाई केन्द्रमा राखेको छ ।
निर्णायक तहमा युवा वर्गलाई समाहित गर्न र शैक्षिक एवम् व्यावसायिक क्षमताको अधिकतम उपयोग गर्न प्रस्तावले विश्वका सबै मुलुकका सरकारलाई प्रोत्साहन गरेको छ ।
करिब छ वर्षअघि विश्वका विभिन्न ४० मुलुकका ७० वटा सङ्घसंस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूले उक्त प्रस्ताव अनुमोदनका लागि परिषद्मा प्रस्तुत गरेका थिए ।
हालै फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि युवा समुदायलाई पनि शान्ति स्थापना र हिंसात्मक अतिवादविरुद्ध परिचालन गर्न उक्त प्रस्ताव सहयोगी हुने अपेक्षा विश्व समुदायले गरेको युनाइटेड नेटवर्क अफ योङ पिसविल्डर्सले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा