
भोजपुर सेवा समाजले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २३ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सार्वभौमसत्ता र संविधानको पालना गर्न निष्ठापूर्वक लागिरहेको बताउनुभएको छ ।
भोजपुरे सेवा समाज, योगमाया स्मृति प्रतिष्ठानलगायतका भोजपुरका विभिन्न सङ्घसंस्थाले आज राष्ट्रपति र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई सम्मान गर्न आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको पालना गर्न सदा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रपति भण्डारीले भोजपुरको मात्र नभएर नेपालको इतिहासमै महिलाले नयाँ राष्ट्रपति पाउनु आफँैमा गौरवको कुरा भएको भन्दै दक्षिण एसियाली विकासोन्मुख राष्ट्रमा महिला राष्ट्रपति भएकामा सबै खुसी भएको आफूले पाएको उल्लेख गर्नु भयो ।
राष्ट्रपति भण्डारीलाई भोजपुरे समाजका अध्यक्ष पासाङदोर्जे शेर्पा र योगमाया स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन बस्नेतले छुट्टाछुट्टै सम्मान गर्नुभएको थियो ।
त्यस्तै, भोजपुरमा जन्मिएर सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री हुनुभएका शेरधन राईलाई पनि समाजका अध्यक्ष शेर्पा र प्रतिष्ठानका अध्यक्ष बस्नेतले सम्मान गर्नुभयो ।
समाजका अध्यक्ष शेर्पाले प्रजातन्त्र प्राप्तिका लागि ठूलो त्याग, तपस्या र योगदान पुरयाउनुहुने योगमाया न्यौपानेलाई राष्ट्रिय विभूतिको घोषणा गर्नुपर्ने माग गर्नुभयो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा