लुम्बिनी (रुपन्देही), २० मङ्सिर । आपूर्ति व्यवस्था प्रभावित हुने गरी नेपाल–भारत सीमा नाका बेलहियास्थित दशगजा क्षेत्रमा आन्दोलन गर्न गएका मधेसी मोर्चा रुपन्देहीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो नेपाल–भारत सीमा नाका बेलहियामा धर्ना बसी नाका अवरुद्ध गर्दै आपूर्ति व्यवस्था ठप्प पार्न खाजेपछि मधेसी मोर्चामा आबद्ध छ जना नेतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभासद् ओमप्रकाश यादव गुल्जारी, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादव, तमलोपाका जिल्ला अध्यक्ष अजय वर्मा, गणेश पल र रामकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा