काठमाडौँ, २० मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले आज पनि अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज १३ जना नेताले आफ्नो धारणा राखेका थिए । उनीहरूले पार्टीले वर्गीय राजनीति छाडेर अन्यत्रै लागेका, पार्टीभित्र विभिन्न खालका विकृति भित्रिएको, पार्टीको ‘चेन अफ कमान्ड’मा समस्या आएको भन्दै तत्काल सुधार गर्न माग गरेका थिए ।
संविधानसभाले संविधान जारी गर्नु सफलता भए पनि सबै वर्ग तथा क्षेत्रले अधिकार प्राप्त गर्न नसकेको, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने, सङ्घीय राज्य निर्माणमा देखिएको समस्या समाधान गर्न पार्टीले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
आधुनिक प्रविधि, वैदेशिक रोजगार तथा अन्य कारणले समाजमा फरक–फरक वर्गको उत्थान भएको भन्दै त्यसलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्नेमा केही नेताहरूले जोड दिए ।
पछिल्लो दिनमा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता सङ्कटमा परेको भन्दै केही नेताले त्यसलाई प्रस्ट पार्नुपर्ने, अध्यक्ष दाहालको प्रतिवेदनमा ती विषय थप गर्नुपर्ने मत राखेको बुझिएको छ ।
समावेशी, समानुपातिक विषय उठाउने र त्यसलाई स्थापित गर्ने पार्टीले वर्तमान सरकारमा थारू, दलितलाई समावेश नगरेकामा केही नेताले आपत्ति प्रकट गर्दै सच्याउनुपर्ने विचार राखेका थिए ।
यस्तै पार्टीलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने, एमाओवादी नै नयाँ शक्ति भएकाले नयाँ योजना र कार्यक्रम ल्याएर जनतामा उत्साह थप्नुपर्ने समेत केन्द्रीय सदस्यहरूको जोड थियो ।
आजको बैठकमा धर्मदत्त देवकोटा, पूर्णा सुवेदी, हकिकुल्ला खाँ, प्रल्हद बुढाथोकी, दिपेन्द्र पुनलगायतले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठक सोमबार पुनः बस्नेछ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न