काठमाडौँ, २० मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले आज पनि अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज १३ जना नेताले आफ्नो धारणा राखेका थिए । उनीहरूले पार्टीले वर्गीय राजनीति छाडेर अन्यत्रै लागेका, पार्टीभित्र विभिन्न खालका विकृति भित्रिएको, पार्टीको ‘चेन अफ कमान्ड’मा समस्या आएको भन्दै तत्काल सुधार गर्न माग गरेका थिए ।
संविधानसभाले संविधान जारी गर्नु सफलता भए पनि सबै वर्ग तथा क्षेत्रले अधिकार प्राप्त गर्न नसकेको, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने, सङ्घीय राज्य निर्माणमा देखिएको समस्या समाधान गर्न पार्टीले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
आधुनिक प्रविधि, वैदेशिक रोजगार तथा अन्य कारणले समाजमा फरक–फरक वर्गको उत्थान भएको भन्दै त्यसलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्नेमा केही नेताहरूले जोड दिए ।
पछिल्लो दिनमा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता सङ्कटमा परेको भन्दै केही नेताले त्यसलाई प्रस्ट पार्नुपर्ने, अध्यक्ष दाहालको प्रतिवेदनमा ती विषय थप गर्नुपर्ने मत राखेको बुझिएको छ ।
समावेशी, समानुपातिक विषय उठाउने र त्यसलाई स्थापित गर्ने पार्टीले वर्तमान सरकारमा थारू, दलितलाई समावेश नगरेकामा केही नेताले आपत्ति प्रकट गर्दै सच्याउनुपर्ने विचार राखेका थिए ।
यस्तै पार्टीलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने, एमाओवादी नै नयाँ शक्ति भएकाले नयाँ योजना र कार्यक्रम ल्याएर जनतामा उत्साह थप्नुपर्ने समेत केन्द्रीय सदस्यहरूको जोड थियो ।
आजको बैठकमा धर्मदत्त देवकोटा, पूर्णा सुवेदी, हकिकुल्ला खाँ, प्रल्हद बुढाथोकी, दिपेन्द्र पुनलगायतले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठक सोमबार पुनः बस्नेछ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक