
काठमाडौँ, १८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुन जापानी सम्राट् अकिहितोको ८२औँ शुभजन्मोत्सवका अवसरमा जापानी राजदूत मासासी ओगावाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा सरिक भएका छन् ।
त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाल र नेपाली जनताका तर्फबाट जापानी सम्राट्को सुस्वास्थ्य र दीर्घायुको कामना गरे । उनले नेपाल र जापान आफ्नो दौत्यसम्बन्ध स्थापनाको छ दशक पूरा गरिसकेका असल मित्र राष्ट्र हुन् भन्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा जापानले पुरयाउँदै आएको सहयोगका लागि जापान सरकारलाई धन्यवाद समेत दिए ।
सो अवसरमा जापानी राजदूत ओगावाले एक असल मित्र राष्ट्रका हैसियतमा जापानले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट गर्दै हालै जारी संविधान कार्यान्वयन मार्फत सदैव शान्त र समृद्ध नेपाल देख्ने जापानको चाहना रहेको बताए ।
राजदूत ओगावाले संविधान जारी भएपछिको परिस्थितिमा नेपाली नागरिकले ऊर्जा लगायत विभिन्न क्षेत्रमा समस्या भोगिरहेकोप्रति जापान सरकारको गम्भीर ध्यानाकर्षण भइरहेको प्रसङ्ग पनि उल्लेख गरे ।
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सभासद्, पूर्वमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका विदेशी नियोगका प्रमुख र प्रतिनिधि तथा नेपालमा रहेका जापानी नागरिकको सहभागिता थियो ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक