
लमजुङ, १८ मङ्सिर । तीन महिनाभन्दा लामो समयको तराई बन्द र संविधान जारी भएपछि भारतीय पक्षले गरेको अघोषित नाकावन्दीका कारण पेटोलियम पदार्थको अभाव भएपछि लमजुङमा निर्माणाधीन पाँचवटा आयोजनाको काम ठप्प भएको छ ।
इन्धन अभावका कारण उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘माथिल्लो मरस्याङ्दी ए’ जलविद्युत् आयोजना मिदिम खोलामा निर्माणाधीन तीन मेगावाट क्षमताको तल्लो मिदिम जलविद्युत् आयोजना, दोर्दी करिडोरमा निर्माणाधीन २८ मेगावाट क्षमताको सुपर दोर्दी, ४९ मेगावाट क्षमताको तल्लो दोर्दी आयोजना र २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको काम ठप्प भएको छ ।
इन्धन अभावकै कारण आयोजनाका विद्युतीय तथा अन्य सवारी साधान प्रयोग गर्न नसकिने भएपछि बाध्य भएर आयोजनाको काम बन्द गर्नुपरेको आयोजना पक्षको दावी छ ।
लगातारको बन्दका कारण सन् २०१५ को डिसेम्बरमा निर्माण सम्पन्न हुने भनिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ ले आयोजना सम्पन्न मितिलाई छ महिनापछि सारेको छ ।
जिल्लामा निर्माणाधीन आयोजनाका लागि दैनिक १० हजार डिजेल र पाँच हजार लिटर पेट्रोलको आवश्यकता पर्ने भएपनि जिल्लामा मुस्किलले १५ सय लिटर डिजेल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मोहन अकेलाले जानकारी दिनुभयो ।
जिल्लामा भित्रिएको डिजेल एम्बुलेन्स, प्रहरी तथा नेपाली सेनाको अत्यावश्यक कामका लागि समेत अपुग भएकाले सर्वसाधारणका लागि उपलव्ध गराउन नसकिएको पम्प सञ्चालकको भनाइ छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक