काठमाडौँ, १५ मङ्सिर । नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा, भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन यही मङ्सिर २१ देखि पुस २२ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको भेटमा सो जानकारी दिइएको हो ।
कार्यक्रम अन्तर्गत संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा केन्द्रीयस्तरका प्रतिनिधि समेतको उपस्थिति रहने बताइएको छ ।
यहि मङ्सिर २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक महिने सो कार्यक्रम मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा गरिने मन्त्रालयद्वारा जानकारी दिइयो ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक