काठमाडौँ, १५ मङ्सिर । एड्स दिवस मनाउन लागेको २८ वर्ष हुदाँ पनि सङ्क्रमितलाई सम्बोधन गर्ने तरिका हेपाहा खालको भएको सङ्क्रमितहरुले गुनासो गरेका छन् ।
विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ गरेको कार्यक्रमका सहभागी कार्यक्रममा समय सान्दर्भिक विषयमा कुरा गर्दा भेदभाव जनाउने खालका शब्द चयन गरेको प्रति दःुख व्यक्त गरेका हुन् ।
नेपाल एचआइभी÷एड्स सङ्क्रमितको महासङ्घका तालिम अधिकृत प्रकाश योगीले सङ्क्रमितलाई रोगी भनि सम्बोधन गर्नु गलत भएको बताए ।
उनले भने —“केही शब्दले भेदभाव र लाच्छना घट्नुको साटो बढाएको छ । सङ्क्रमितलाई रोगी, महामारीको रुप, पीडित भनी सम्बोधन गर्नु निराशाजनक हो ।”
सङ्क्रमितले चाहेमा आफूबाट रोग फैलनबाट रोक्नसक्ने भएकाले उनीहरुलाई महामारीको रुप भनी सम्बोधन नगर्न आग्रह गरेका छन् ।
लामो समयदेखि एचआइभी एड्सको क्षेत्रमा काम गरिरहेका नेपाल एचआइभी÷एड्स एलाइन्सका ऋषि ओझाले पहिलेको तुलनामा सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए ।
उनले सरकारले आफ्नो कार्यक्षेत्रलाई बढाएर अति जोखिममा परेका व्यक्तिसम्म पुग्न आवश्यक भएको बताउदैँ अहिले सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमणको उच्च जोखिममा रहेका मानिससम्म नपुग्दा एचआइभी÷एड्सको जोखिम रहिरहने धारणा राखे ।
नेपालमा ३९ हजार २१४ मानिस एचआइभीको सङ्क्रमणमा रहेको अनुमान छ, जसमा २५ हजार ४४९ पुरुष, १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ ।
नेपाल एचआइभी÷एड्स सङ्क्रमितहरुको महासङ्घका अध्यक्ष अच्युत सिटौला भने सरकारले गरेको कार्य पूर्ण नभएको धारणा राख्छन् । उनले केही प्रतिशतमा सङ्क्रमण हुने सङ्ख्या घटेपनि सङ्क्रमणमा रहेका व्यक्ति औषधिको पहुँचमा पुग्न नसकेको बताए ।
लागूपदार्थ दुब्र्यसनीका कारण एचआइभीको सङ्क्रमणमा परेका सिटौला युवालाई लक्षित गरी यस्ता खालका कार्यक्रम ल्याउनुपर्ने र सबै सङ्क्रमितलाई औषधिको दायरामा ल्याउनु सरकारको चुनौती भएको बताउंछन् उनी ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले नेपालले हालै प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७१ तथा रणनीति (२०१६–२०२०) मा एन्टिरेट्रोभाइरल (एआरभी) औषधि उपचार सेवालाई विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए ।
मन्त्री चौधरीले एचआइभीलाई प्रमुख चुनौतीका रुपमा राखेको र कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक आधारभूत स्वास्थ्य सेवाका रुपमा सूचीकृत गर्नुपर्ने बताउँदै उहाँले यसका लागि एचआइभीसम्बन्धी रणनीति तथा योजनाको कार्यान्वयनलाई पनि समीक्षा गरी अगाडि बढ्नुपर्ने औँल्यांए ।
मन्त्रालयले सन् २०१५ सम्ममा एचआइभी सङ्क्रमणलाई ५० प्रतिशत घटाउने र एड्सबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा एचआइभी रोकथाम, परीक्षण, उपचार, हेरचाह सेवामा लक्षित समुदायको पहँुच उल्लेखनीय रुपमा बढ्दै गएको बताउँदै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्यका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीव्र बनाउन जरुरी भएको बताए ।
नेपालमा ८५ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट हुनेगरेको केन्द्रका सूचना अधिकृत वीरबहादुर राउतले जानकारी दिए ।
नेपालले यसवर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराकासाथ आज एड्स दिवस मनाउँदै छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक