लन्डन । भारतीय नाकाबन्दी समस्या समाधानमा नेपालको कुटनीति (डिप्लोमेसी) कमजोर भएको ठहर बेलायती मन्त्रीले गरेका छन् । नाकाबन्दी नभनि बेलायती मन्त्रीहरुले भारतसंगको कमजोर ‘डिप्लोमेसी’ ले समस्या झन् बल्झंदै जाने संकेत पाइएको धारणा व्यक्त गरेका हुन् ।
बेलायती विदेश मन्त्रालय (एफसीओ) को निमन्त्रणामा इन्टरनेशनल लिडर्स प्रोग्राममा लन्डन आएका नेपाल तरुण दल अध्यक्ष एवं सभासद उदय शमशेर राणासंगको भेटमा विदेश राज्यमन्त्रीहरु ह्युगो स्वायर र जेम्स् डड्रीजले नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेका थिए ।
‘छिमेकीसंग त आक्रामक होइन, सम्वन्ध सुधार गर्नेतर्फ लाग्नुपर्छ’, राणाले भेटपछि उनीहरुको भनाइ उधृत गर्दै कान्तिपुरसंग भने, ‘नेपालमा नाकाबन्दीले मानवीय संकट बढेकोप्रति भने उनीहरुमा गम्भीर चासो देखिन्छ ।’ भेटघाटमा अर्जेन्टिना, चीन, कोलम्बिया, गाना, युगान्डा, भारत, इन्डोनेसिया, इटली, जापान, सर्विया, यूएइ आदि ११ मुलुकका सांसद, मानवअधिकार र एनजिओकर्मीहरुको सहभागिता थियो ।
इकान्तिपुर लेख्छ, राणाले बेलायती मन्त्री र सांसदहरुसंगको भेटघाटमा पहिला नेपालको नयां संविधानलाई स्वागत गर्ने बेलायतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा भने समावेशी भएन भनेर द्वैध चरित्र प्रस्तुत गरेको टिप्पणी पनि गरेका थिए । ‘नेपालमा राष्ट्रपति र सभामुख महिला छन् । संसदमा ३३ प्रतिशत महिला आरक्षण छ, समानुपातिकमा ४० प्रतिशत । के आधारमा समावेशी भएन ?’ राणाले तर्क गरेका थिए ।
उनले बेलायती प्रधानमन्त्री कार्यालयमा ‘प्राइभेट सेक्रेटेरी अफ फरेन पोलिसी टु द प्राइम मिनिष्टर’ नाइजेल केसे, सुरक्षा सल्लाहकार कर्णेल निक पेरी लगायतसंग पनि भेटेका छन् । राणाले सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन सांसदहरु जेरेमी लेफ्रोय, केविन फोस्टर र एलेक्स चकलाई समेत भेटेका थिए भने अब सिमा मल्होत्रा, बब ब्ल्याकमेन र जोन म्यानसहित विदेश मन्त्रालयका अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ । ‘नेपाल डेस्क हेर्नेबाहेक अरु राजनीतिज्ञहरुलाई नेपालबारे त्यति थाहा नभएको पाएं’, राणाले भने ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने