लन्डन । गोर्खाली समाज यूकेले भूकम्प पीडित वालवालिकाका लागि १५ लाख रुपैयांको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा शनिबार ब्लु अर्किड रेष्टुरेन्टमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । भूकम्पका कारण गोरखा जिल्लामा ४ सय ४९ जनाको मृत्यु भएकामा दिवगंतका वालवालिकालाई पढाउन अक्षय कोष खडा गर्ने निर्णय भएको अध्यक्ष रोकाले जनाए । अक्षय कोष वार्षिक रुपले बढाउंदै लैजाने निर्णय भएको छ । अक्षय कोष स्थापना गर्न समाजका उपाध्यक्ष जय प्रकाश गुरुङको संयोजकत्वमा एउटा समिति बनाउने निर्णय गरिएको छ ।
समाजले च्यारिटी डिनर र चन्दामार्फत संकलन गरेको रकमले अक्षय कोष स्थापना गरेको हो । भूकम्प लगत्तै समाजले १७ जना युवा सम्मिलित एक टोली गोरखाका अति प्रभावित क्षेत्रमा खटाएको थियो । उक्त टोलीले गाउंमा ७ लाख रुपैयां बराबरको राहत सामाग्री तथा औषधि वितरण गरेको थियो ।
समाजको बैठकमा पूर्व सांसद वीरेन्द्र पोखरेललाई समाजका सल्लाहकार रणध्वज राणाले खादा लगाइ सम्मान गरेका थिए । त्यसैगरि, समाजका अध्यक्ष रोकाले सल्लाहकार फडकजित गुरुङ गोर्खा जिल्ला गुरुङ समाज यूके अध्यक्ष, समाजकी सदस्य कुमारी गुरुङ एनआरएनए यूकेको महिला उपाध्यक्ष र समाजका उपाध्यक्ष जयप्रकाश गुरुङ एनआरएनए आइसीसीको सदस्यमा मनोनित भएकामा खादा ओढाइ सम्मान गरे ।
बैठकमा समाजका सल्लाहकार फडकजित गुरुङ, रणध्वज राणा, राजकुमार गुरुङ, धन गुरुङ, विष्णु तामाङ, कृष्ण दर्लामी, भूपू सासंद वीरेन्द्र पोखरेल र समाजका सदस्यहरुको उपस्थिति थियो । बैठकमा ब्लु अर्किड रेष्टुरेन्टका सञ्चालक बल रायमाझीले खाना प्रवन्ध गरेका थिए ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर