दमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल तनहुँले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले आफूले लामो समय पार्टीमा रही धेरै त्याग गरेको र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले दुई नेताले आफूलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुशीलजी सभापति र प्रधानमन्त्री दुवै भइसक्नुभयो, शेरबहादुरजी तीन पटक प्रधानमन्त्री भइसक्नुभयो, त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।”
तीन शीर्ष नेताले अब सल्लाहकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “त्यसो भए म नै नयाँ हुँ, एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ ।”
पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने जिकिर गर्दै वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न