दमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल तनहुँले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले आफूले लामो समय पार्टीमा रही धेरै त्याग गरेको र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले दुई नेताले आफूलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुशीलजी सभापति र प्रधानमन्त्री दुवै भइसक्नुभयो, शेरबहादुरजी तीन पटक प्रधानमन्त्री भइसक्नुभयो, त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।”
तीन शीर्ष नेताले अब सल्लाहकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “त्यसो भए म नै नयाँ हुँ, एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ ।”
पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने जिकिर गर्दै वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक