लन्डन । बेलायतमा नेपालीहरु व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको छ । रेष्टुरेन्ट, ग्रोसरीबाहेक सुनचांदी व्यवसाय पनि नेपालीको अर्को आकर्षण बन्दै गएको हो ।
नेपालीको घना वस्ती भएको अल्डरसटमा मात्र होइन, लन्डनमा समेत अहिले सुनचांदी पसल खुल्ने क्रम जारी छ । पछिल्लो पटक लन्डन साउथह्यारोस्थित एभरेष्ट सुपरमार्केटभित्र नेपाली सुनचांदी पसल सञ्चालनमा आएको छ । नेपालमा आधा दर्जन भन्दा बढि शाखा रहेको जयश्रीकृष्ण सुनचांदी पसल लन्डन साउथ ह्यारोमा पनि खुलेको हो । सञ्चालनमा आएको केही महिनाभित्रै यसले सुन पारखी नेपालीहरुको चाहना पुरा गर्न सफल भएको छ ।
सञ्चालक सरिता सुनारले आफ्नो पसलमा सुनचांदीका हरेक गरगहना आफैंले डिजाइन गरि विक्री गरिने जनाइन् । ‘हाम्रो उद्देश्य नेपालीहरुलाई उनीहरुको चाहना बमोजिम सुनचांदीका हरेक गरगहना उपलव्ध गराउनु छ’, सुनारले भनिन्, ‘हामी गुणस्तरिय सेवामा विश्वास गर्छौं र ग्राहकहरुको सन्तुष्टि नै हाम्रो सम्पत्ति हो ।’ उनले ग्राहकको चित्त बुझाएर मात्र गरगहनाको कारोवार गरिने प्रतिवद्धता पनि जनाइन् ।
सञ्चालक सुनारले केही समय यता सामाजिक सञ्जालमा आफ्नो पसलबारे गलत नियतवश नकारात्मक टिप्पणी भइरहेकोमा दुःखेसो पोखेकी छन् । फेसबुकमा एउटा अज्ञात आइडीबाट आफ्नो पसलमा खरिद गरिएको सुनको गुणस्तरप्रति नकारात्मक टिप्पणी गर्दै पसलमा नजान फैलाइएको भ्रमप्रति आपत्ति जनाउंदै सुनारले जयश्रीकृष्ण सुनचांदी पसलमा खरिद गरिएको गरगहनामा केही खरावी भए बील सहितसामान फिर्ता लिई दोब्बर क्षतिपूर्ति दिने समेत बताइन् । नेपाली व्यवसायलाई नेपालीले झन् सहयोग साथ दिनुपर्नेमा उल्टो निरुत्साहित गर्ने काम भएको गुनासो समेत उनको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा