
काठमाडौँ, ११ मङ्सिर । भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दी र देशमा देखिएको समस्याका विषयमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत र विभिन्न पार्टीका विदेश विभाग हेर्ने प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेका छन् ।
परराष्ट्रका प्रवक्ता ताराप्रसाद पोखरेलले अहिले देखिएको असहज परिस्थितिको समाधानका उपायबारे परराष्ट्र जानकारसँग राय सुझाव माग्न आज छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
उनले छलफलमा विभिन्न कोणबाट सुझाव आएको जानकारी दिँदै भारतसँग कूटनीतिक, राजनीतिकलगायत आवश्यक विभिन्न माध्यमबाट समस्या समाधानका लागि पहल गर्नुपर्नेमा सहभागीले जोड दिएको बताए ।
सहभागीले नाकाबन्दीको आडमा भारतले नेपालमाथि आफ्नो चाहना लाद्न खोजेको बताउँदै त्यसमा सरकार सचेत हुनुपर्ने सुझाव दिएका थिए ।
छलफलका सहभागीले मधेस आन्दोलनको माग समाधानका लागि निष्कर्ष निस्कने गरी ठोस वार्ता गर्नुपर्नेसमेत सुझाव दिएका थिए ।
प्रवक्ता पोखरेलले भारतले गरेको नाकाबन्दी आफँै अन्तर्राष्ट्रिकरण भइसकेको बताउँदै त्यसबारे विश्व समुदाय जानकार भइसकेको बताए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न