लण्डन । युकेका नेपाली समुदायलाई लक्षित गरी मोर्गेज, इन्स्योरेन्स, ट्याक्स लगायतका बारेमा निशुल्क परामर्श गराउँदै आएको एक्सेस फाइनान्सियल सर्भिसेजले थप छ स्थानमा परामर्श आयोजना गर्ने भएको छ ।
सर्भिसेजसित आवद्ध इण्डिपेण्डेण्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीका अनुसार, स्थानीय नेपाली समुदायसित मिलेर सन् २०१६ मा बेलायतका छ स्थानमा त्यस्ता परामर्श आयोजना गर्न लागिएको हो ।
सर्भिसेजले यसअघि फार्नब्रो र लण्डनको साउथ ह्यारोमा निशुल्क परामर्श आयोजना गरिसकेको छ । ती परामर्शहरुको सफलतापछि सर्भिसेजले थप परामर्श सेवा दिन लागेको हो ।
परामर्शमा कर बारे एसएनपी प्लसका ट्याक्स कन्सल्ट्याण्ट समिरनाथ प्याकुरेल, विलका बारेमा सन्दीप एन शाह, कन्भेयान्सिङबारे सोलिसिटर हितेश बी शाह, मोर्गेजका बारेमा मीन दर्लामी र बिज्नेस म्यानेजमेण्टका बारेमा एन्थोनी मुण्डेले परामर्श दिएका थिए ।
‘दुई वटा सेमिनारमा नेपाली समुदायबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएका छौँ । बढीभन्दा बढी मानिसहरुले यस्तो सुविधा पाउनुपर्छ भनेर थप परामर्श गर्न लागेका हौँ’ दर्लामीले भने ।
आफ्नो इलाकामा यस्तो सेमिनार आयोजना गर्न चाहने व्यक्ति वा संस्थाले सर्भिसेजको कार्यालयमा सम्पर्क गर्न अपील गरिएको छ । स्थानीय आयोजकले बन्दोबस्ती गरेपछि सर्भिसेजले निशुल्क वीज्ञसेवा उपलब्ध गराउने छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल