लण्डन । युकेका नेपाली समुदायलाई लक्षित गरी मोर्गेज, इन्स्योरेन्स, ट्याक्स लगायतका बारेमा निशुल्क परामर्श गराउँदै आएको एक्सेस फाइनान्सियल सर्भिसेजले थप छ स्थानमा परामर्श आयोजना गर्ने भएको छ ।
सर्भिसेजसित आवद्ध इण्डिपेण्डेण्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीका अनुसार, स्थानीय नेपाली समुदायसित मिलेर सन् २०१६ मा बेलायतका छ स्थानमा त्यस्ता परामर्श आयोजना गर्न लागिएको हो ।
सर्भिसेजले यसअघि फार्नब्रो र लण्डनको साउथ ह्यारोमा निशुल्क परामर्श आयोजना गरिसकेको छ । ती परामर्शहरुको सफलतापछि सर्भिसेजले थप परामर्श सेवा दिन लागेको हो ।
परामर्शमा कर बारे एसएनपी प्लसका ट्याक्स कन्सल्ट्याण्ट समिरनाथ प्याकुरेल, विलका बारेमा सन्दीप एन शाह, कन्भेयान्सिङबारे सोलिसिटर हितेश बी शाह, मोर्गेजका बारेमा मीन दर्लामी र बिज्नेस म्यानेजमेण्टका बारेमा एन्थोनी मुण्डेले परामर्श दिएका थिए ।
‘दुई वटा सेमिनारमा नेपाली समुदायबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएका छौँ । बढीभन्दा बढी मानिसहरुले यस्तो सुविधा पाउनुपर्छ भनेर थप परामर्श गर्न लागेका हौँ’ दर्लामीले भने ।
आफ्नो इलाकामा यस्तो सेमिनार आयोजना गर्न चाहने व्यक्ति वा संस्थाले सर्भिसेजको कार्यालयमा सम्पर्क गर्न अपील गरिएको छ । स्थानीय आयोजकले बन्दोबस्ती गरेपछि सर्भिसेजले निशुल्क वीज्ञसेवा उपलब्ध गराउने छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता