
गाईघाट (उदयपुर), ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताउनुभएको छ ।
पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न आज उदयपुर आइपुग्नुभएका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो – “अहिले नेपालीले राम्रो संविधान बनाएबापत घनिष्ट मित्र भनिने छिमेकी भारतले उपहारस्वरुप घाँटी निमोठेको छ । यो नै सबैभन्दा ठूलो विडम्बना हो ।”
आफूहरु हिन्दू भएको दाबा गर्ने भारतीय सरकारले अधिकांश हिन्दू नेपाली बसोबास गरेको नेपालमा सीमा नाका बन्द गरेर आर्थिक रुपमा घाँटी निमोठेको नेता नेपालको भनाइ थियो ।
नेता नेपालले भन्नुभयो – “अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन् ।”
अहिले संयुक्त मधेसी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो ।
वर्तमान संविधानमा केही कमजोरी रहेको भए संविधान संशोधनबाट त्यसलाई सच्याउन सकिने नेता नेपालले बताउनुभयो ।
आन्दोलनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भइआएकाले अब सुनसरीको चतरा हुँदै उदयपुर, सिन्धुली भएर राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गको स्तरोन्नति गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने पनि नेता नेपालले बताउनुभयो ।
यसका लागि आफूसहितका टोलीले अहिले वैकल्पिक राजमार्गको संयुक्त अनुगमन तथा अध्ययन गरेको र काठमाडौँ फर्केर सरकारलाई तुरुन्त यसको सुधारका लागि ध्यान आकर्षण गर्ने पनि नेता नेपालले जानकारी दिनुभयो ।
उहाँले वर्तमान सरकारलाई खुलेर सहयोग गर्न पनि प्रतिपक्ष दल नेपाली काँग्रेससँग अनुरोध गर्नुभयो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक