लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत समिति विस्तार भएको छ । समितिका संयोजक विज्ञान प्रसाईंले समितिको दुवै पक्षका पदाधिकारी र समितिका सदस्यहरुको विभिन्न चरणमा गरिएको बैठक, औपचारिक तथा अनौपचारिक भेटघाट, सल्लाह र सुझाव अनुसार समितिको पहिलो चरण विस्तार गरिएको जनाए ।
विस्तारित समितिमा चेतनाथ खनाल समूहबाट विकास देवकोटा, राजकुमार शाक्य, युवराज सिंह, मोती भण्डारी, राज सिटौला, आलेख चौहान, शंकर गिरी, तेज राई र रणवीर योङहाङ छन् भने लोक गुरुङ समूहबाट शान्तविनोद लामिछाने, विजन भट्ट, कुमारी गुरुङ, विश्व घिमिरे, कोपिला सुब्बा, राज पाठक, महेश दाहाल, तस्वीर लामा र कृष्ण गुरुङ छन् ।
प्रसाईंले समिति विस्तारसंगै आगामी नोभेम्बर २२ तारिख ४ बजे ह्यारोमा एकीकृत समितिको बैठक बस्ने र महेश दाहाल, विजन भट्ट र किरण राईको प्रतिवेदनका आधारमा आवश्यकता अनुसार कार्य समिति विस्तार गर्न सकिने जनाए ।
उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रको निर्देशन बमोजिम आगामी २० डिसेम्बर, २०१५ मा अधिवेशन गर्ने सम्वन्धि सम्पूर्ण निर्णय गरिने भएको छ ।
प्रसाईंले फर्जीपत्र सम्प्रेषण गर्ने समूह तथा सहयोगीहरुले फिंजाएको भ्रममा नपर्न समेत सम्पूर्ण कांग्रेसजनमा अनुरोध गरेका छन् ।
उनले केही समय अघि चेतनाथ खनाल र लोक गुरुङ समूहको संयुक्त विज्ञप्ति भनि आएको समाचारमा खनाल समूहले आफ्नो आशय विपरित वक्तव्य जारी गरिएको भन्दै आपत्ति जनाएको र केन्द्रको निर्देशन अनुसार अधिवेशनमा पूर्ण समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थापक महामन्त्री तथा खनाल समूहका उपसभापति विकास देवकोटा र खनाल समूहकै महामन्त्री युवराज सिंहले जनाएको उल्लेख गरे ।
यसैबीच, क्षेत्रीय समितिका सभापतिहरु भोजप्रसाद गुरुङ (साउथ इष्ट लन्डन), हितकाजी गुरुङ (अल्डरसट र ह्याम्पसायर), किरण राई (साउथ इष्ट इंग्ल्याण्ड र केन्ट), नवराज न्यौपाने (रेडिङ र बर्कसायर), सूर्य नेम्वाङ (वेष्ट लन्डन) र नारायण आचार्य (नर्थ वेष्ट लन्डन) केन्द्रिय समितिको सदस्य रहने र उनीहरुमा मताधिकार समेत रहने प्रसाईंले जनाएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश