लन्डन । तमु समाज यूकेले विगत वर्षहरुझैं यस वर्षपनि नेपालीहरुको दोस्रो महान पर्व तिहारको पावन अवसरमा देउसी भैलो खेलेको छ । समाजले गत नोभेम्बर १२ र १३ (गोवर्धन पूजा र भाइटिका) को दिन लन्डनमा सदस्य तथा शुभचिन्तकहरुको घर घरमा धुमधामसंग देउसी भैलो खेलेको हो ।
प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयां पुस्ताहरुमा संस्कृतिको सकरात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्य तथा शुभचिन्तकहरुबीच पारस्परिक सम्बन्धलाई सवल, प्रगाढ र सुमधुर बनाउनुका साथसाथै तमु समाज यूकेको वहुउद्धेशीय समाजिक भवन खरिद परियोजनका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले देउसी भैलो खेलिएको थियो । देउसी भैलो कार्यक्रमबाट पांच हजार पाउन्ड भन्दा बढि आर्थिक संकलन भएको छ ।
सबैको घर घर जान सम्भव नभएपनि सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर धैरैले दान प्रदान गरेका थिए । कतिपय सदस्य तथा शुभचिन्तकहरुले अनलाइन बैंकिङबाट पनि दान रकम सहयोग गरेको छ ।
समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङको संयोजन र मुलत आमा समूहको सकृयतामा खेलिएको दैउसी भैलो २०१५ कार्यक्रम उपाध्यक्ष शिवचन्द्र गुरुङको निवासबाट गोवर्धन पूजाकादिन आरम्भ गरि भाइटिकाको दिन खेलकुद सचिव हरिमान गुरुङको निवासमा समापन गरिएको थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता