लन्डन । तमु समाज यूकेले विगत वर्षहरुझैं यस वर्षपनि नेपालीहरुको दोस्रो महान पर्व तिहारको पावन अवसरमा देउसी भैलो खेलेको छ । समाजले गत नोभेम्बर १२ र १३ (गोवर्धन पूजा र भाइटिका) को दिन लन्डनमा सदस्य तथा शुभचिन्तकहरुको घर घरमा धुमधामसंग देउसी भैलो खेलेको हो ।
प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयां पुस्ताहरुमा संस्कृतिको सकरात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्य तथा शुभचिन्तकहरुबीच पारस्परिक सम्बन्धलाई सवल, प्रगाढ र सुमधुर बनाउनुका साथसाथै तमु समाज यूकेको वहुउद्धेशीय समाजिक भवन खरिद परियोजनका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले देउसी भैलो खेलिएको थियो । देउसी भैलो कार्यक्रमबाट पांच हजार पाउन्ड भन्दा बढि आर्थिक संकलन भएको छ ।
सबैको घर घर जान सम्भव नभएपनि सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर धैरैले दान प्रदान गरेका थिए । कतिपय सदस्य तथा शुभचिन्तकहरुले अनलाइन बैंकिङबाट पनि दान रकम सहयोग गरेको छ ।
समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङको संयोजन र मुलत आमा समूहको सकृयतामा खेलिएको दैउसी भैलो २०१५ कार्यक्रम उपाध्यक्ष शिवचन्द्र गुरुङको निवासबाट गोवर्धन पूजाकादिन आरम्भ गरि भाइटिकाको दिन खेलकुद सचिव हरिमान गुरुङको निवासमा समापन गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा