
लन्डन । रसमोर डाइबेटिज यूके ग्रुपको वार्षिक साधारण सभा गत शनिवार सम्पन्न भएको छ । उक्त संस्थाको साधारणसभा फानब्रोस्थित पोस्पेक्ट कम्युनिटी सेन्टरमा रसमोर बरोका उपमेयर काउन्सिलर ज्याकी भोस्पेरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
बेलायतका एकसय ३२ वटा शाखामध्ये धेरै जसो नेपाली एवं भूपू गोर्खाहरूबाट सञ्चालित सो संस्थाले भोलेन्टियर रूपमा डाइबेटिजबाट विरामी भएका नेपाली साथै अन्य समुदायलाई उल्लेख्य सहयोग गर्दै आएको छ ।
यसैक्रममा बेलायतको एकसय ३२ ग्रुपमा यस वर्ष भोलेन्टियर रूपमा राम्रो काम गरेवापत गु्रपका महासचिव डमर गुरूड अवार्डबाट सम्मानित भए ।
नेपालीहरूका निम्ति कुनै सहयोग चाहिए सम्पर्क गर्न नवनियुक्त अध्यक्ष पूर्ण गुरुंग साथै सचिव डमर गुरुंगले आव्हान गरेका छन् । कार्यक्रममा अतिथीहरु ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा, रसमोर हेल्थी लिभिंगका रामजी तिवारी लगायत स्थानीय काउन्सिलरहरूको उत्साहजनक उपस्थिति थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित