
बिएफबिएस् गोर्खा रेडियो फोकस्टनमा अन्तर्वार्ता दिंदै गायक लिम्बु (दायां) र तमुधिं यूके उपाध्यक्ष एवं सहारा यूके सल्लाहकार ज्ञाम गुरुङ ।
लन्डन । यतिखेर यूकेमा छन् पहिलो नेपाली तारा दीपक लिम्बु । नेपालमा अहिले हट केक बनिरहेका उनी सहारा यूकेको च्यारिटी इभेन्टका लागि बेलायत आएका हुन् । यसअघि चार पटकसम्म भिसा रिजेक्ट भएर बेलायत आउन नपाएका लिम्बु यसपटक भने सहारा यूके कार्यक्रममा सहभागी हुन पाएका छन् । सहारा यूके र अल्डरसट एफसीको प्रायोजनले लिम्बुले भिसा पाएका हुन् ।
लिम्बुले भोलि आइतबार, १५ नोभेम्बरका दिन हकिन्स् कम्युनिटी सेन्टर फोकस्टन केन्टमा सांस्कृतिक प्रस्तुति दिने छन् जुन कार्यक्रमको संयोजन तमुधिं यूके उपाध्यक्ष एवं सहारा यूके सल्लाहकार ज्ञाम गुरुङले गरेका छन् ।
लिम्बुको सहभागितामा सहारा यूकेको च्यारिटी इभेन्ट आगामी साता २१ नोभेम्बरमा पार्टी प्यालेस अल्डरसटमा हुने तयारी भइरहेको छ । उक्त कार्यक्रमको संयोजन मिन साहिला गुरुङले गर्दैछन् । सन्डे लिग र सहारा एकेडेमी पोखराको सहयोगार्थ उक्त इभेन्ट हुन लागेको हो ।
सहारा यूकेका सल्लाहकार ज्ञाम गुरुङका अनुसार, नेपाली तारा लिम्बुले २९ नोभेम्बर शनिवार अल्डरसटकै इम्पायर हाउसमा गायन प्रस्तुत गर्ने तय भएको छ ।
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]