लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका ब्रिटिश समकक्षी डेभिड क्यामरूनले संयुक्त विज्ञप्ति जारी गरि नेपालबारे बोलेका छन् ।
लन्डनमा आज दुई देशका प्रधानमन्त्रीले जारी गरेका बक्तब्यमा भनिएको छ, ‘दुवै प्रधानमन्त्री समावेसी र दिर्घकालसम्मका लागि काम लाग्ने संवैधानिक प्रबन्धको पक्षमा जोड दिन्छन्। यस्तो प्रबन्धले बाँकी रहेका चासोहरुको सम्बोधन गर्ने छ र राजनीतिक विकास र आर्थिक सम्वृद्धि प्रबर्धन गर्ने छ।’
सो बक्तब्यमा भूकम्प पछिको पुनर्निर्माणको विषयलाई पनि प्राथमिकता दिइएको छ । बक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चाडैनै काम गर्न शुरू गर्ने र पुनर्निर्माणलाई अघि बढाउने दुवै प्रधानमन्त्रीको आशा छ ।’
मोदी तीन दिने बेलायत भ्रमणमा आएकै दिन गत बिहीवार नेपाली समुदायले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि व्यापक प्रदर्शन गरेका थिए ।
यही प्रदर्शनका कारण भारतले बेलायतमा नेपालीको प्रभावबारे प्रतिवेदन तयार समेत भनेको अखवारहरुले जनाएका छन् ।
मोदी आजै शनिवार जि २० समिटमा भाग लिन अंकारा जांदैछन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा