लन्डन । बेलायतको पुरानो संस्था कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले यस वर्ष पनि तिहारका अवसरमा लन्डनमा सामूहिक देउसी भैलो कार्यक्रम गरेको छ ।
लक्ष्मी पूजा र भोलिपल्ट गरि दुई दिन देउसी भैलो कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं संस्थाकी ट्रष्टी तथा पूर्व महासचिव शर्मिला सिंहले जनाइन् । संयोजक सिंहले नेपाली परम्परा र संस्कृतिको निरन्तरता एवं कोसेलीकै कोषवृद्धिका लागि देउसी भैलो खेलिएको बताइन् ।
बिहीबार ब्लु अर्किडमा सामूहिक देउसी भैलो खेलियो जसमा ६० जना भन्दा बढि सहभागी थिए ।
विशुद्ध परम्परागत नेपाली बाजागाजासहित पुगेको कोसेलीको समूहले शुरुमा भट्याउने कार्यक्रमपछि गायन र नाच गरि माहोल रोमाञ्चक बनाएको थियो । देउसी भैलोले नेपालकै झझल्को दिएको सहभागीले बताए ।
कार्यक्रममा उज्जवल श्रेष्ठले संगीत संयोजन गरेका थिए भने कोसेलीका संस्थापक अध्यक्ष मदन थापाले टिपिकल बाजा मादल र सारंगीमा साथ दिएका थिए ।
देउसी भैलो कार्यक्रममा संस्थापक अध्यक्ष मदन थापा, कलाकारहरु शर्मिला सिंह, खेम गौतम, निश्चल दाहाल, पूर्ण बज्राचार्य लगायतले गीत गाउनुका साथै वाद्यवादनको भूमिका निर्वाह गरेका थिए ।
तस्विरहरु सौजन्यः सुशील सिंह, नेपाली समाज यूकेडटकम
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता