लन्डन । गोर्खाली समाज यूकेले आफूले विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक रकम भूकम्प पीडितलाई बांड्ने भएको छ । समाजले राहत कोष कहां कसरी प्रभावकारी ढंगले सदुपयोग गर्ने भन्नेबारे छलफल गर्न आगामी २८ नोभेम्बर शनिवार ब्लु अर्किड रेष्टुरेन्टमा बैठक डाकेको छ ।
समाजले चन्दा, च्यारिटी डिनर लगायत माध्यमबाट आर्थिक रकम संकलन गरेको हो । समाजले विशेषगरि रमक क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा लगाउने अध्यक्ष भरत रोकाले जनाए ।
भूकम्प लगत्तै समाजले पीडित जिल्लावासीलाई राहत दिन १७ जना युवालाई प्रभावित क्षेत्रमा परिचालन गरेको थियो जसको संयोजन नवीन गुरुंगले गरेका थिए ।
गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाई गत बैशाख १२ गते आएको विनाशकारी भूकम्प र पटक पटकको पराकम्पनले जिल्लाका अधिकांश घर, विद्यालय, मठ मन्दिर, गुम्बा लगायत संरचना क्षतविक्षत पारेको छ ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय