लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीको दशैं तिहार शुभकामना कार्यक्रम गत शनिवार सम्पन्न भएको छ । नर्थवेष्ट केन्ट कलेज हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा डार्टफोर्ड बरो काउन्सिल नेता काउन्सिलर जेरेमी काइट एमबीइ, रोयल ग्रीनवीच नेपलिज सोसाइटी, बेक्सली नेपलिज कम्युनिटी प्रतिनिधि र आयोजक संस्थाका सदस्यहरु गरि एकसय ३५ जनाको सहभागिता थियो ।
कार्यक्रममा कम्युनिटी अध्यक्ष राजेश पाठकले यहीं हुर्के बढेका वालवालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन जरुरी रहेकामा जोड दिए । पाठकले विद्यावारिधी उत्तिर्ण गरेकामा काउन्सिलर डा. बच्चु कैलाश कैनी र जिसिएससीमा ११ ए स्टार ल्याउने स्वीकृति लोहनीलाई वधाइ दिंदै कार्यक्रम सम्पन्न गर्न सघाउने सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । साथै उनले नेपाली समुदायमा उत्कृष्ट काम गरे वापत प्रशंसा पाएका चन्डिका भट्ट र युवराज गर्बुजालाई पनि वधाइ दिए ।
डार्टफोर्ड बरो काउन्सिल नेता काइटले वालवालिकालाई नेपाली भाषा र संस्कृति प्रशिक्षणका लागि ५ हजार पाउण्ड सहयोग गर्ने घोषणा गरेका छन् । उनले वृद्धवृद्धालाई अंग्रेजी भाषा तथा अन्य सिप सिकाउन पनि बेग्लै आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बेजोड सांस्कृतिक प्रस्तुति र जिसिएससी उत्तिर्ण तथा खेलकुदमा विजयी भएका छात्रछात्रालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन विशेष गरि सक्रिय सदस्यहरु रमेश गुरुङ, बाबुराम गुरुङ, दीपक थापा, वेद भट्टराई, अमिर घले, सन्तोष कार्की, सुनिता गौतम, दीपा कोइराला, सन्तोष श्रेष्ठ, रश्मी पराजुली, उमाकान्त गुरुङ, सुनिल न्यौपाने लगायतले प्रमुख भूमिका निर्वाह गरेका थिए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी