लन्डन । गत आइतबार सेन्ट्रल लन्डन भूपू गोर्खामय भयो । मेडल, गोर्खा ह्याट, ब्लेजर र पप्पी फूलमा सजिएका भूपू गोर्खाहरु ह्वाइटहल वरपर थिए
रिमेम्बरेन्स् सन्डे परेडका लागि ।
युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा श्रद्धाञ्जलि दिन बेलायती महारानीदेखि प्रधानमन्त्री र शीर्षस्थ राजनीतिज्ञहरुले ह्वाइटहलस्थित सिनोतापमा पुष्पगुच्छा चढाइरहंदा गोर्खाहरुको चहलपहल हेर्न लायक देखिन्थ्यो ।
ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस्) को नेतृत्वमा गोर्खा भवन फार्नबोरोबाट बस नै रिजर्भ गरेर भूपू गोर्खा परेडमा सहभागी भएका थिए । बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवानले विगत ११ वर्षदेखि आफूहरु प्रत्येक वर्ष परेडमा भाग लिइरहेको बताए ।
फार्नबोरोबाट डेढ घण्टाको यात्रापछि भूपू गोर्खा होर्स गार्ड परेड ग्राउन्डमा पुगेका थिए । सबै एकत्रित भएपछि उनीहरु मुख्य परेडका लागि बिहान १० बजेतिर ह्वाइटहलतिर लम्किए । झण्डै एक घण्टाको प्रतिक्षापछि महारानी एलिजावेथ द्धितिया सिनोताप आइपुगिन् । ठिक ११ बजे बिग बेनको पहिलो घण्टीपछि २ मिनेट मौनधारण गरियो । महारानी एलिजावेथ, प्रधानमन्त्री डेभिड क्यामरुन र अन्य पार्टीका शीर्ष नेताहरुले पालैपालो सिनोतापमा पुष्पगुच्छा चढाए ।
लन्डनको लोर्ड विसपबाट प्रार्थना शुरु भएसंगै गड सेभ द क्वीन गाएपछि मार्चपास शुरु भएको थियो । भूपू गोर्खाहरुको मार्च पास शुरु हुने वित्तिकै सडक दायांबायां उपस्थित सयौंले गडगडाहट तालीले स्वागत गरे । ह्वाइट हल, डाउनिङ स्ट्रिट पार गर्दै किङ् चार्ल्स स्ट्रिट हुंदै परेड ग्राउन्डमा आइपुग्दा दायांपट्टी उभिएका अधिराजकुमार विलियमले ‘गोर्खाज्’ भन्दै स्यालुट फर्काएका थिए ।
संस्थाका परेड कमाण्डर दुर्गा नारायण राईले पहिलो चरणको परेड सकिएको घोषणा गरेपछि ब्याग पाइपर कृष्ण राईको मिठो धुनसंगै गोर्खा मेमोरियल तर्फ लागेको थियो बिजिडब्लुएस् समूह ।
अध्यक्ष देवानले गोर्खा मेमोरियलमा पुष्पगुच्छा चढाइ सलाम गरे भने गोर्खाहरुले युद्धमा वीरगति प्राप्त सेनाहरुको नाममा एक मिनेट मौनधारण गरेका थिए ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने