लन्डन । बेलायतस्थित हिमालय मेल लिमिटेडले “हिमालय मेल” साप्ताहिक पत्रिका प्रकाशन गर्ने भएको छ । आउंदो डिसेम्बर पहिलो साताबाट पत्रिका प्रकाशन आरम्भ हुने र अनलाईन न्यूज पोर्टलको परिक्षण प्रसारण यहि नोभेम्बर ११ तारिख बुधबार लक्ष्मीपूजाको दिनदेखि सुरु हुने पत्रिकाका प्रधानसम्पादक ध्रुवराज अर्यालले जनाए ।
नेपालमा केही वर्ष टेलिभिजन पत्रकारिता गरेर सन् २००९ मा यूके आएका अर्यालसंग डेढ वर्ष युरोपको नेपालीपत्रमा सम्पादक र विगत ६ वर्षदेखि नेपाली टिभीमा काम गरिरहेको अनुभव छ ।
बेलायतमा यसअघि खुलेका कयौं नेपाली मिडिया टिक्न नसकेर बन्द भएकाबारे आफूहरु सचेत भएको उल्लेख गर्दै अर्यालले चुनौतीबीच पनि कयौं सम्भावनाहरु पहिचान गरिएको बताए ।
“बेलायतको नेपाली समुदायमा एक विश्वसनीय, निस्पक्ष तथा व्यवसायिक मिडियाका रुपमा स्थापित हुनु हाम्रो लक्ष्य हो । नेपाल तथा बेलायतमा राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन तथा अनलाईन मिडियाहरुमा सम्पादकीय भूमिकामै समेत अनुभव लिएका पत्रकारहरुसहितको जुझारु टिम हामीसंग छ”, अर्यालले भने ।
बेलायतको नेपाली समुदायको सरोकारका हरेक विषयमा सकेसम्म चांडो र विश्वसनीय रुपमा सत्य, निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नु आफ्नो प्रतिज्ञा भएको अर्यालले बताएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा