लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले भारतले नेपालमाथि गरिरहेको नाकाबन्दीका विरुद्ध लण्डनस्थित भारतीय हाइकमिसनमा ज्ञापनपत्र बुझाउने भएको छ ।
एनआरएन युकेका महासचिव विजयविक्रम लिङदेनका अनुसार एनआरएन अन्तर्राष्ट्रिय समितिको विश्वव्यापी कार्यक्रमअन्तर्गत भोलि (मंगलबार) सो ज्ञापन पत्र बुझाउन लागिएको हो ।
सेन्ट्रल लण्डनको अल्वीचमा रहेको इण्डिया हाउसमा बिहान ११.३० बजे एनआरएन युकेले ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको छ । सो कार्यक्रममा उपस्थितिका लागि एनआरएन युकेले युकेका सबै नेपालीहरुलाई अनुरोध पनि गरेको छ ।
भोलि नै एनआरएनका राष्ट्रिय समिति बनेका सबै ७१ वटै मुलुकका भारतीय मिसनहरुमा ज्ञापन एनआरएनले ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।
यसअघि पनि एनआरएन युकेले भारतीय हाइकमिसनमा नाकाबन्दीका विरुद्धमा ज्ञापन पत्र बुझाइसकेको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता