लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले बीबीसी नेपाली सेवाबाट अवकास लिएका पत्रकार सुमन खरेलको बिदाइ तथा एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङको बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
शाखाका अध्यक्ष चिरन शर्माको अध्यक्षतामा आइतबार लण्डनमा भएको सो कार्यक्रममा खरेल र गुरुङलाई बेलायतका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीले खादा तथा शर्माले पुष्पगुच्छा दिएर बिदाई तथा बधाई ज्ञापन गरेका थिए ।
सो अवसरमा राजदुत क्षेत्री, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, पत्रकार सुमन खरेल र एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङले बोलेका थिए ।
शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार भगिरथ योगीले गरेका थिए । कार्यक्रममा एनआरएन युकेको सदस्य पदमा निर्वाचित शाखाका साधारण सदस्य नारायण पौडेल गाउँलेलाई पनि बधाई दिइएको थियो ।
सो अवसरमा गोरखा रेडियोका नरेन्द्र बस्नेत र नेपलिज ब्लड डोनर्स एसोसिएसन युकेका एभरेष्ट गौतमले पनि खरेललाई उपहार र खादा प्रदान गरेका थिए ।
बीबीसी नेपाली सेवाका सम्पादक खरेल बीबीसी नेपाली सेवाबाट स्वेच्छिक अवकास लिई बीएफबीएस गोरखा रेडियोमा आवद्ध भएका छन् । खरेलले नेपाल फर्केर रेडियोका साथै गीतसंगीत, टेलिभिजन कार्यक्रम र तालिममा समय दिने बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य