लन्डन । बेलायती संसदको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ मा भारतको नाकाबन्दीप्रति गम्भीर चासो व्यक्त भएको छ । गत साता नेपालबारे केन्द्रित प्रश्नोत्तरमा हाउस अफ लर्डस्का लर्डस् एवं ब्यारोनेस्हरुले नेपालप्रति चासो व्यक्त गर्दै बेलायत सरकारको धारणा मागेका हुन् ।
‘दि अर्ल अफ स्याण्डवीच’ ले नाकाबन्दी र नयां दिल्लीको सम्भावित ‘हस्तक्षेप’ को असर अनि बेलायतले यसमा सहयोग गर्न जरुरी छ भन्ने कुरामा सहमत हुनुहुन्छ भनेर जिज्ञासा राखेका थिए । स्यान्डवीचले व्यापार र पर्यटनलाई पूर्ववतः अवस्थामा ल्याउन के भूमिका हुन्छ पनि भनेका थिए ।
प्रतिउत्तरमा बेलायती विदेश राज्यमन्त्री एवं ब्यारोनेस एनिलेले शान्तिपूर्ण समाधान र नयां संविधानको संस्थागत विकास बेलायत सरकारको नीति भएको जनाउंदै नाकाबन्दीकै विषयमा भारतका लागि ब्रिटिश हाइ कमिश्नर जेम्स् वेभनले गत ७ अक्टोबरमा भारतीय विदेश सचिव जय शंकरसंग भेट गरि छलफल गरेको उल्लेख गरेकी थिइन् । नेपालका लागि कार्यवहाक बेलायती राजदूत, युरोपेली युनियन, र अन्य देशका ‘हेड अफ मिसन’ ले समेत नेपालका लागि भारतीय राजदूतसंग नियमित वार्ता गरिरहेको र भारतसंग नियमित सम्पर्कमा रहेर नाकाबन्दीको समस्या समाधान गर्न प्रयत्नशील भएको राज्यमन्त्री एनिलेले अवगत गराइन् । नाकाबन्दी खुलाउन र मानवीय सहायताको सहज आपूर्तिमा आफ्ना समकक्षी हुगो स्वायर र डेसमोन्ड स्वायनले भेट अनि विज्ञप्ति जारी गरेको समेत उनको जनाऊ थियो ।
इकान्तिपुर लेख्छः अर्को जिज्ञासामा दि अर्ल अफ स्यान्डवीचले गत २० सेप्टेम्बरमा नेपालमा नयां संविधान जारी पछि नेपाल बेलायत सरकारले कसरी लिएको छ भनेर सोधेपछि एनिलेले नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटेर बेलायतले नेपालमा नयां संविधान जारीलाई ‘कोसेढुंगा’ भनिसकेको बताउंदै हरेक नेपाली नागरिकको चासो सम्वोधन हुने गरि वार्ता जारी रहने आशा गरेको जनाएकी थिइन् ।
नेपाल वहसमा लर्ड ह्यारिसले नयां संविधानमा आफूहरुको उल्लेख्य प्रतिनिधित्व नभएको भन्दै नेपाली जनसंख्याको १३ प्रतिशत ओगट्ने दलित र अरु सिमान्तकृत वर्ग खिन्न र उनीहरु शताव्दीऔंदेखि विभेद गरिएको ठान्छन् । यसमा बेलायत सरकारले उनीहरुको आर्थिक, राजनीतिक र सामाजिक स्तरोन्नति र विकासमा सहभागी गराउन पहल गर्न सक्छ भनेर सोधेका थिए । जवाफमा मन्त्री एनिलेले यो गम्भीर विषय भएको जनाउंदै बेलायत सरकार दलित मात्र होइन, तराईका विभिन्न समूह र समस्त नेपाली जनताको अधिकार सुनिश्चित गर्ने खालको संविधान हुनुपर्नेमा कटिवद्ध भएको बताएकी थिइन् ।
उता, ब्यारोनेस् किनोक अफ होलीहेडले संयुक्त राष्ट्रसंघले समेत चिन्ता व्यक्त गरेझैं नेपालमा जाडो शुरु भइसकेको अनि इन्धन र खाद्यान्न अभावले गम्भीर मानवीय संकट उत्पन्न हुने चिन्ताबीच भूकम्प पीडितलाई सहयोग वितरणका लागि नेपाल सरकारले दाताहरुलाई अनुमति दिन विलम्ब गरिरहेकोबारे जिज्ञासा राखेकी थिइन् । त्यसमा एनिलेले विश्व खाद्य कार्यक्रमले नेपालको आपूर्ति मन्त्रालयसंग कलकत्ताबाट इन्धन ल्याएर वितरण गर्ने सम्झौता गरिसकेको अवगत गराएकी थिइन् ।
लर्ड ह्यामिल्टन अफ इप्समले चाहिं नेपाल सरकारले सहायता सामाग्रीमा भारी कर लगाएको सम्बन्धमा बेलायत सरकारले त्यसलाई निरुत्साहित गर्न सक्छ भनेर सोधेका थिए । जवाफमा ब्यारोनेस एनिलेले नेपाल अनुदानमा आश्रित भएको स्वीकार्दै डिएफआइडी एसिया निर्देशक वेभर्ली वार्मिङटनले २५ जुनमा आयोजित अन्तर्राष्ट्रिय दाता सम्मेलनमा यूकेको ७० मिलियन पाउण्ड सहयोग प्रतिवद्धता गरेको जनाइन् ।
ब्यारोनेस नर्थओभरले नेपालले नयां संविधानमा लैंगिक अधिकार जस्तै समलिंगी अधिकारलाई पनि प्राथमिकता साथ राखेकोमा बेलायत सरकारले मानव अधिकारको यो फड्कोप्रति वधाइ दिन्छ भनेकी थिइन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय