लन्डन । बेलायतका केही रोटरी क्लवले भूकम्पपछि क्षतिग्रस्त नेपालको स्कुल पुनर्निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । रोटरी क्लव अफ फिस्टेल पोखराको निकट सम्वन्धमा रहेका बेलायतस्थित रोटरी क्लव अफ ड्रोनफिल्ड, रोटरी क्लव अफ ब्रिस्टोल, रोटरी क्लव अफ ब्रिस्टोल ब्रेकफाष्ट र रोटरी क्लव अफ क्रुक ह्याम्ब्रीजले पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
रोटरी क्लव अफ फिस्टेल पोखराका अध्यक्ष तेजबहादुर गुरुङसहितको नेपाली प्रतिनिधिमण्डलसंगको भेटघाटमा रोटरी क्लव अफ ड्रोनफिल्डले रुपाकोट गाविसस्थित पृथ्वी रुपा माविमा ६ कोठे भवन र शौचालय बनाइदिने सम्झौता गरेको गुरुङले जनाए । उनका अनुसार, रोटरी क्लव अफ ब्रिस्टोलसंग मिलेर पसगाउं, भुजुङ र गिलुङका ५ वटा स्कुल पुनर्निर्माण गर्ने समझदारी भएको छ । माथि उल्लेखित अन्य बांकी क्लव पनि आर्थिक सहयोग जुटाउन राजी छन् ।
रोटरी क्लव अफ फिस्टेल पोखराले खानेपानी, स्वास्थ्य, छात्रवृति लगायतमा सहयोग जुटाउंदै आएको छ ।
यसैबीच, नेपाल ह्याण्डबल एसोसिएसनका अध्यक्ष समेत रहेका गुरुङ यही ६ देखि ९ नोभेम्बरसम्म रसियाको सोचीमा हुने ‘इन्टरनेशनल ह्याण्डबल फेडेरेसन’ को विशेष अधिवेशनमा भाग लिन यूकेबाट त्यसतर्फ प्रस्थान गरेका छन् । विश्वका २०० भन्दा बढि देशका ह्याण्डबल एसोसिएसन अध्यक्षहरुको सहभागिता रहने उक्त अधिवेशन विकासोन्मुख देशमा ह्याण्डबल खेल विकास कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित हुने जनाइएको छ ।
नेपालमा ह्याण्डबल खेल वि.स. ०४० देखि ०४७ सालसम्म निक्कै उचाईंमा थियो । तर, २०४६ को राजनीतिक परिवर्तनले समग्र खेल क्षेत्र उथलपुथल भएपछि विस्थापितको मारमा ह्याण्डबल पनि पर्यो । अहिले नेपाल ह्याण्डबल एसोसिएसनले उक्त खेल विद्यालयस्तर देखि नै उकास्ने प्रयास गरिरहेको गुरुङले जनाए । ‘सानो मैदानमा पनि खेल्न सकिने, सस्तो एवं नेपालीको शारिरीक अवस्था र नेपाल जस्तो पहाडी मुलुकमा गाउं गाउंमा विस्तार गर्न सकिने सम्भावना यस खेलको छ’, गुरुङले जनाऊ दिए, ‘ह्याण्डबल खेलमा नेपाल साउथ एसियामा सेमिफाइनलसम्म पुगेको स्थिति छ । महिलाले तेश्रो स्थान (मेडल) ल्याइसकेका छन् ।’
एसोसिएसनकै पहलमा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरी तिनै विभागमा ह्याण्डबल खेल्न शुरु भएको छ । प्रधानसेनापति कपमा ह्याण्डबल प्रवेश भएको छ भने विद्यालय स्तरमा यो खेल लैजाने तयारी भएको अध्यक्ष गुरुङले जनाए । एसियन हयाण्डबल फेडेरेसन र इन्टरनेशनल फेडेरेसनसंग राम्रो सम्वन्ध विस्तार गर्दै गएको एसोसिएसनले केही समय अघि स्पेन, फ्रेन्च र कोरियन कोच ल्याएर खेलाडीलाई प्रशिक्षण दिइसकेको छ ।
भूकम्पपछि मानसिक रुपमा सबैभन्दा प्रभावित भए वालवालिका । यो अवस्थालाई मध्यनजर राख्दै ह्याण्डबल एसोसिएसनले ‘ह्याण्डबल वीथ सेकन चिल्ड्रेन’ नारा नै दिएर विद्यालय स्तरको प्रतियोगिता गरेको थियो । अब यस्तो प्रतियोगिता ५ विकास क्षेत्रमै गरिने गुरुङले जनाए । ‘खेल मेडल जित्ने हिसावले बढाउनु पर्छ तर वालवालिकालाई मनोरन्जन र यसप्रति प्रेरित पनि गराउनुपर्छ भनेर हामीले अहिले त्यसमा प्राथमिकता दिइरहेका छौं’, गुरुङले भने ।
नेपाल ओलम्पिक कमिटीमा कार्यकारी सदस्य समेत रहेका गुरुङले नेपालमा एनआरएनले खेल विकास कसरी गर्न सक्छ भन्नेबारे प्रारम्भिक छलफल भइसकेको र अब छिट्टै एमओयू (सम्झौता) हुने गुरुङले जनाए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित