लन्डन । गुल्ली जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा च्यारिटी डिनर गर्ने भएको छ ।
समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा गोर्खाज् रेष्टुरेन्ट, सिन्डममा आइतबार १ नोभेम्बरमा सम्पन्न बैठकले आगामी डिसेम्बर ६, आइतबार च्यारिटी डिनर गर्ने निर्णय गरेको हो । कार्यक्रम LIVESEY Memorial Hall, सिन्डममा गर्ने तय भएको छ ।
बैठकले च्यारिटी सफल बनाउन समाजका सल्लाहकार बालजंग अर्याललाई संयोजक तोकेको छ । नेपालका असहाय तथा अनाथको सहयोगार्थ हुने उक्त च्यारिटीमा डिनरसहित सांस्कृतिक कार्यक्रम हुनेछ ।
समाजले च्यारिटी डिनरमा सहभागी भएर सहयोग गरिदिन बेलायतवासी सबैमा
अनुरोध गरेको छ ।
महासचिव राम गलामीले सञ्चालन गरेको बैठकमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु, पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।
उक्त अवसरमा आफ्नो चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कन लागेका गुल्मीवासी नेपाली दूतावासका थर्ड सेक्रेटरी सूर्य थापालाई समाजले औपचारिक विदाइ गरेको छ । समाजका सचिव शिव भण्डारीले सञ्चालन गरेको विदाइ कार्यक्रममा अध्यक्ष अर्जुन गौतम, महासचिव राम गलामी लगायत पदाधिकारीले थापालाई पुष्पगच्छा र खादा लगाएर विदाइ गरेका थिए ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय