लण्डन । गाेरखा भूतपूर्व सैनिक संघ (गेसाे) काे सभापतिमा पदमबहादुर गुरूङ तेस्राे पटक चुनिएका छन् ।
२५ वर्षदेखि सभापति रहँदै अाएका गुरूङकाे नेतृत्वमा शनिबार रेडिङमा सम्पन्न पुनर्गठन भेलाले नयाँ कार्य समिति निर्वाचित गरेकाे छ ।
नयाँ समितिमा कृष्णकुमार राई वरिष्ठ उपसभापति निर्वाचित भएका छन् भने उपसभापतिहरूमा मणिकिरात वान्तबा राई, जितबहादुर राई, भक्तबहादुर गुरूङ, कमला गुरूङ, क्षेत्रकला राई, महासचिवमा दशरथ राई, सचिवमा अाेमबहादुर गुरूङ, सहसचिवमा रगप्रसाद पुर्जा, काेषाध्यक्षमा देवीमाया पुन, सहकाेषाध्यक्षहरूमा लालकुमारी गुरूङ, कुसुम तामाङ र रूपा लिम्बु छन् ।
अधिवेसनले तिलकसिं लिम्बु, क्याप्टेन मानबहादुर गुरूङ, फानसिंह थापा, माेहनसिंह राई र मानबहादुर गुरूङ श्रेष्ठलाई संरक्षकमा चयन गरेकाे छ भने डा. चन्द्रबहादुर गुरूङ, पालबहादुर गुरूङ, प्रा. नारायण गुरूङ, क्याप्टेन कुलप्रसाद पुन, महेन्द्रलाल राई, पुरन्जन राई, क्याप्टेन धनवीर गुरूङ, श्रीमती कृष्णा सुब्बा, देबबहादुर गुरूङ, लेफ्टिनेण्ट भीम ताबा, हेमबहादुर तामाङ, सुबसिंह गुरूङ र अमरसिंह अालेलाई सल्लाहकारमा निर्वाचित गरेकाे छ ।
अधिवेसनलाई एनअारएनए युकेका अध्यक्ष मुच्छेत्र गुरूङ, मगर संघ युकेका महासचिव बम थापा सूर्यवंशी लगायतले शुभकामना मन्तब्य दिएका थिए । कमला गुरूङले संचालन गरेकाे कार्यक्रममा स्वागत मन्तब्य दिएकी थिइन् । कार्यक्रममा सभापति गुरूङ, प्रमुख सल्लाहकार डा.चन्द्रबहादुर गुरूङ, उपसभापति कृष्णकुमार राईले मन्तब्य दिएका थिए ।
अधिवेसनले ११४ जनालाई केन्द्रीय सदस्यमा चुनेकाे छ ।
जसमा पुरानाे कार्यसमितिका नाैराज राई, निलम राई, शहरमान तामाङ, मुना जवेगु, धर्मबहादुर तामाङ, शान्तिमाया लिम्बु, नरहाङ राई, रामकुमार राई यथावत रहेका छन् ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन