लन्डन । यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले अध्यागमन नियममा केही परिवर्तन गरेको छ । १९ नोभेम्बर, २०१५ बाट लागू हुने गरि नियम परिवर्तन गरिएको घोषणा सरकारले २९ अक्टोबर बिहीबार गरेको हो ।
यूकेभिआइका अनुसार असाइलम, सेटलमेन्ट, फेमिली र निजी जिवन, टियर वान, टु र टियर फाइभमा परिवर्तन भएको छ ।
सेटलमेन्टका हकमा आवासीय अधिकार (इन्डिफिनेट लिभ टु रिमेन र नेचुरलाइजेसन) आवेदनका लागि सेक्युर इंगलिस टेष्ट दिनुपर्ने र टियर टुबाट सेटलमेन्टमा जान वार्षिक ३५ हजार पाउण्ड न्यूनतम कमाइ देखाउनुपर्ने नियम कार्यान्वयनमा ल्याइएको छ । आम्दानीको यो थ्रेसहोल्ड आगामी ६ अप्रिल, २०१६ बाट लागू हुनेछ । यो नियमसंगै टियर टु मा भर्खर गएकालाई पछि आइएलआर लिन सहज हुने छैन् ।
नयां परिवर्तनमा विद्यार्थीलाई प्रत्यक्ष असर गर्ने खालको हालसम्म देखिएको छैन् । यसअघि चर्चा भए जस्तो विद्यार्थीले कोर्स पुरा गरेपछि स्वदेश फर्कनुपर्ने वा डिपेन्डेन्टले काम गर्न नपाउने भन्ने प्रसंग विचाराधिन भएपनि उल्लेख भइसकेको छैन् । त्यसैगरि, टियर टु (वर्क परमिट) आवेदन स्वदेश गएर मात्र दिन सकिने यसअघिको हल्ला पनि विचाराधिन छ ।
टियर टु अन्तर्गत नर्सहरु सहित चार डिजिटल टेक्नोलोजी जागिरलाई सर्टेज अकुपेशन लिस्टमा राखिएको छ ।
विशेष परिस्थितिबाहेक युरोपेली नागरिकले शरणार्थी (असाइलम) दावी गर्न नपाउने नियम ल्याइएको छ ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय