लन्डन । यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले अध्यागमन नियममा केही परिवर्तन गरेको छ । १९ नोभेम्बर, २०१५ बाट लागू हुने गरि नियम परिवर्तन गरिएको घोषणा सरकारले २९ अक्टोबर बिहीबार गरेको हो ।
यूकेभिआइका अनुसार असाइलम, सेटलमेन्ट, फेमिली र निजी जिवन, टियर वान, टु र टियर फाइभमा परिवर्तन भएको छ ।
सेटलमेन्टका हकमा आवासीय अधिकार (इन्डिफिनेट लिभ टु रिमेन र नेचुरलाइजेसन) आवेदनका लागि सेक्युर इंगलिस टेष्ट दिनुपर्ने र टियर टुबाट सेटलमेन्टमा जान वार्षिक ३५ हजार पाउण्ड न्यूनतम कमाइ देखाउनुपर्ने नियम कार्यान्वयनमा ल्याइएको छ । आम्दानीको यो थ्रेसहोल्ड आगामी ६ अप्रिल, २०१६ बाट लागू हुनेछ । यो नियमसंगै टियर टु मा भर्खर गएकालाई पछि आइएलआर लिन सहज हुने छैन् ।
नयां परिवर्तनमा विद्यार्थीलाई प्रत्यक्ष असर गर्ने खालको हालसम्म देखिएको छैन् । यसअघि चर्चा भए जस्तो विद्यार्थीले कोर्स पुरा गरेपछि स्वदेश फर्कनुपर्ने वा डिपेन्डेन्टले काम गर्न नपाउने भन्ने प्रसंग विचाराधिन भएपनि उल्लेख भइसकेको छैन् । त्यसैगरि, टियर टु (वर्क परमिट) आवेदन स्वदेश गएर मात्र दिन सकिने यसअघिको हल्ला पनि विचाराधिन छ ।
टियर टु अन्तर्गत नर्सहरु सहित चार डिजिटल टेक्नोलोजी जागिरलाई सर्टेज अकुपेशन लिस्टमा राखिएको छ ।
विशेष परिस्थितिबाहेक युरोपेली नागरिकले शरणार्थी (असाइलम) दावी गर्न नपाउने नियम ल्याइएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा