लन्डन । नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य एवं एकीकृत समितिका संयोजक विज्ञान प्रसाईंले कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीको हस्ताक्षरसहित बनाइएको फर्जी पत्र नेपाल ब्रिटेन डटकमबाट आएको दावी गरेका छन् । लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारीसंग कुरा गर्दै प्रसाईंले इमेल ‘सर्कुलेट’ गर्ने व्यक्तिहरुले फर्जी पत्र नेपाल ब्रिटेन डटकमको इमेलबाट नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष चिरन शर्माले पठाएको बताएको उल्लेख गरे ।
इमेल आदानप्रदान र सोधपुछका क्रममा नेपाल ब्रिटेन डटकमबाट पत्र आएको पाइएपछि शर्मालाई पटक पटक सम्पर्क गर्न खोज्दा उनी जवाफ नदिइ भागिरहेको पनि प्रसाईंको जिकिर छ । प्रसाईंले अन्तर्वार्तामा भनेका छन्, ‘एक दुई पटक भए नेपाली भनेर माफ गर्न सकिन्थ्यो । तर, धेरै पटक यस्तो काम गरेकाले यसपटक बेलायतको कानुन अनुसार कानुनी दायरामा ल्याएर छिनोफानो गरिनेछ ।’
समाज भांड्ने र विकृति फैलाउने कार्य निरुत्साहित गर्न पनि कानुनी कारवाही जरुरी रहेको प्रसाईंले जोड दिएका छन् ।
फर्जी पत्र सम्वन्धमा नेपाल पत्रकार महासंघ, बेलायत शाखाका महासचिव श्याम लुईंटेलले छानवीन गरिरहेको शाखाले जनाएको छ । सम्भवतः आगामी सातासम्ममा यसको प्रतिवेदन सार्वजनिक भइसक्नेछ । शर्माले शाखाले आन्तरिक छानवीन गरिरहेकाले अहिले केही नबोल्ने बताएका छन् ।
फर्जी भनिएको पत्रमा रुख चिन्ह (लोगो) काटिएको देखिन्छ
इमेल आफैं बोल्छ
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा