लन्डन । नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य एवं एकीकृत समितिका संयोजक विज्ञान प्रसाईंले कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीको हस्ताक्षरसहित बनाइएको फर्जी पत्र नेपाल ब्रिटेन डटकमबाट आएको दावी गरेका छन् । लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारीसंग कुरा गर्दै प्रसाईंले इमेल ‘सर्कुलेट’ गर्ने व्यक्तिहरुले फर्जी पत्र नेपाल ब्रिटेन डटकमको इमेलबाट नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष चिरन शर्माले पठाएको बताएको उल्लेख गरे ।
इमेल आदानप्रदान र सोधपुछका क्रममा नेपाल ब्रिटेन डटकमबाट पत्र आएको पाइएपछि शर्मालाई पटक पटक सम्पर्क गर्न खोज्दा उनी जवाफ नदिइ भागिरहेको पनि प्रसाईंको जिकिर छ । प्रसाईंले अन्तर्वार्तामा भनेका छन्, ‘एक दुई पटक भए नेपाली भनेर माफ गर्न सकिन्थ्यो । तर, धेरै पटक यस्तो काम गरेकाले यसपटक बेलायतको कानुन अनुसार कानुनी दायरामा ल्याएर छिनोफानो गरिनेछ ।’
समाज भांड्ने र विकृति फैलाउने कार्य निरुत्साहित गर्न पनि कानुनी कारवाही जरुरी रहेको प्रसाईंले जोड दिएका छन् ।
फर्जी पत्र सम्वन्धमा नेपाल पत्रकार महासंघ, बेलायत शाखाका महासचिव श्याम लुईंटेलले छानवीन गरिरहेको शाखाले जनाएको छ । सम्भवतः आगामी सातासम्ममा यसको प्रतिवेदन सार्वजनिक भइसक्नेछ । शर्माले शाखाले आन्तरिक छानवीन गरिरहेकाले अहिले केही नबोल्ने बताएका छन् ।
फर्जी भनिएको पत्रमा रुख चिन्ह (लोगो) काटिएको देखिन्छ
इमेल आफैं बोल्छ
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय