
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को अध्यक्षमा शोभा सुनुवार निर्वाचित हुनु भएको छ ।
निफको ९ औँ राष्ट्रिय महाधिवेशनबाट सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । हिमाली उपाध्यक्षमा पुष्पा बुढाथोकी, पहाड उपाध्यक्षमा अर्चना दनुवार र उपाध्यक्ष (तराई)मा आशा कुमारी चयन हुनुभएको छ । महासचिवमा धनकुमारी राना र कोषाध्यक्षमा नानु थामी निर्वाचित हुनुभएको छ ।
त्यस्तै, जनसम्पर्क तथा संगठन विस्तार सचिवमा भक्तकुमारी भुजेल, भाषा तथा संस्कृति सचिवमा नरमाया दुरा, अनुसन्धान, सूचना तथा सञ्चार सचिवमा थाक्ची शेर्पा तथा विदेश तथा परियोजना सचिवमा हिमा कुसुण्डा चयन हुनुभएको छ ।
नयाँ नेतृत्वले आदिवासी महिलाको हकहित संरक्षण, भाषा तथा संस्कृतिको जगेर्ना, र समावेशी नीतिको प्रवर्द्धनमा जोड दिने विश्वास गरिएको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आगामी कार्यकालमा संस्थालाई थप सुदृढ र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सुनुवारले आफ्नो कार्यकालमा आदिवासी महिलाका सवालहरूलाई सशक्त रूपमा उठाउने र संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले संस्थाको संगठन विस्तार, नीति प्रभावकारिता तथा समुदायसँगको समन्वयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा ५० जातीय महिला संस्थाहरु आबद्ध छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]