
बेजिंगस्टोक, बेलायत । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापोलाई बेलायतको बेसिंगस्टोक सहरमा भब्य स्वागत र सम्मान गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा १६ नोभेम्बर २०२५ मा भएको कार्यक्रममा नेपाली चलचित्र निर्देशक मिलन चाम्स, नायिका सृजना निङ्लेकु सुब्बा, रन्जिता साउदेनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहनुभएको थियो । कार्यक्रमको सुरुवातमा याचु युके बेसिंगस्टोक शाखाकी अध्यक्ष शान्ति नाल्बोले स्वागत सम्भाषण राख्नु भएको थियो । उहाँले नेपाली खेलाडी र कलाकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा गरिरहेको योगदानलाई सराहना गर्नुभयो ।
आफ्नो सम्बोधनमा कप्तान एन्जिला तुम्बापोले पूर्वकप्तान सबित्रा भण्डारीपछि राष्ट्रिय टोलीको नेतृत्व सम्हालेको सम्झना गर्नुभयो । उहाँले बाल्यकालदेखि नै राष्ट्रिय टोलीको अभिन्न अंग रहिँदै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले आफूमाथि आधारित चलचित्र ‘एन्जिला’को निर्माण र अन्तर्राष्ट्रिय नेपाली चलचित्र एकेडमीको निमन्त्रणामा बेलायत भ्रमणको उद्देश्य पनि सबैमाझ साझा गर्नुभयो । उहाँले आफ्नो जीवनका सबै पक्षलाई सहयोग र हौसला प्रदान गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनमा किरात याक्थुङ चुम्लुङ युकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले एन्जिला तुम्बापो सुब्बा केवल लिम्बु समुदायकै नभएर आजको सम्पूर्ण नयाँ पुस्ताको लागि प्रेरणाको पात्र भएको बताउनुभयो । एन्जिला तुम्बापो सुब्बा जीवनमा संघर्षको सामना गर्दै सक्षम नेतृत्व दिन सक्ने गुणले भरिएकी एक उदाहरणीय व्यक्तित्वकी धनी रहेको उहाँको भनाइ छ । भविष्यमा पनि उहाँले समाज र देशलाई अझ गर्व गर्ने भूमिका निभाउनुहुनेछ भन्ने आशा र शुभकामना सेन्दाङले दिनुभयो । एन्जिला चलचित्रसँग सम्बन्धित सम्पूर्ण उपस्थित कलाकारहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सफलतापूर्वक संयोजन गर्न मुख्य भूमिका निभाउने किरात याक्थुङ चुम्लुङ युकेका पूर्वअध्यक्ष तिल बिक्रम सम्बाहाङ्फे र शाखा अध्यक्ष शान्ति नाल्बोलाई विशेष धन्यवाद दिँदै उहाँले आफ्नो मन्तव्य समापन गर्नुभयो । यस कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, एनआरएन यूकेका कार्यवाहक अध्यक्ष, महासचिव जुरेन्द्र खजुम, तमु धी यूकेद्वारा संचालित गोर्खा कपका संयोजक क्याप्टेन दिपक घले, बेजिङ्गस्टोक नेपाली समाजका अध्यक्ष बिजय लिङ्थेप, समाजसेवी सुबासचन्द्र जबेगु, तिल बिक्रम सम्बाहाङ्फे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको किरात याक्थुङ चुम्लुङ यूकेका मिडिया संयोजक नर थाम्सुहाङले बताउनुभयो ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग