
लन्डन । क्यानाडामा भएको बैठकमा जी–७ का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो संकटको बारेमा चेतावनी दिका छन् ।
संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरुले युद्धविराममा समर्थन जनाउँदै तत्काल युद्धविरामको आवश्यकता रहेका बताएका छन् । वार्तामा, जी–७ का नेताहरूले रूसको चरम आक्रमणको बिरूद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल गरेको जनाइएको छ ।
वार्तामा आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले जी–७ ले युक्रेनको युद्ध क्षमता बलियो बनाउँदै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन माथि दबाब बढाउन आवश्यक रहेको बताउनुभएको छ । पुटिनलाई अझै पनि आफूले जित्न सक्ने भ्रम रहेको बताउदै सिबिहाले पुटिन र उहाँको शासनको चरम आक्रमणलाई नियन्त्रण गर्नका लागि सबैले सघाउनु पर्ने बताउनुभएको छ ।
यसअघि बुधबार क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमण गर्न प्रयोग गरिएको संस्थामाथि नयाँ प्रतिबन्धको घोषणा गर्नु भएको थिायो ।
बेलायतले युक्रेनको ऊर्जा क्षेत्रको मर्मत सम्भारका लागि १३ मिलियन पाउन्ड (१७.१ मिलियन डलर) कोषको घोषणा गरेको छ ।
संयुक्त जी–७ को विज्ञप्तिले सुडानमा बढ्दो हिंसाको पनि निन्दा गर्दै अफ्रिकी राष्ट्रको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट“ निम्त्याएको बताएको छ ।
अप्रिल २०२३ देखि, सुडानको सेना र आरएसएफ बीचको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड २० लाखलाई विस्थापित गरेको जनाइएको छ ।
आरएसएफले पश्चिमी दारफुरको सेनाको गढ एल–फासेर कब्जा गरेको दुई हप्तापछि जी–७ बैठक भएको हो । त्यसपछि सामूहिक हत्याको खबर बाहिर आएको छ ।
जी–७ ले दुवै पक्षलाई “तनाव कम गर्न, तत्काल स्थायी युद्धविरामका लागि प्रतिबद्ध भई मानवीय सहायताको लागि द्रुत र निर्बाध मार्ग सुनिश्चित गर्न“ आग्रह गरेको छ ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे