
लन्डन । अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले आइतबार राजीनामा दिनुभएको छ ।
डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले एक विज्ञप्तिमा भन्नुभएको छ, “गहिरिएर सोचेपछि मैले सरकारबाट राजीनामा दिने निर्णय गरेको छु । पिटर मन्डेलसनलाई नियुक्त गर्ने निर्णय गलत थियो। उहाँले हाम्रो पार्टी, हाम्रो देश र राजनीतिमाथिको विश्वासलाई नै क्षति पु¥याउनु भएको छ ।
उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीलाई त्यो नियुक्ति गर्न सल्लाह दिएको थिएँ र त्यो सल्लाहको पूर्ण जिम्मेवारी म लिन्छु ।”
आयरल्याण्डबासी म्याकस्वीनीले सन् २०२४ मा स्टार्मरको प्रभावशाली चुनावी विजयमा महत्त्वपूर्ण भूमिका खेलेका कारण उहाँलाई पछिल्लो समय बेलायती ‘राजनीतिको सबैभन्दा शक्तिशाली व्यक्ति’ भनेर उल्लेख गर्ने गरिएको थियो ।
नेता जेरेमी कोर्बिनको दुर्भाग्यपूर्ण कार्यकालपछि लेबर पार्टीलाई मध्यमार्गी नीति एजेन्डामा लैजान सहयोग पुर्याउने श्रेय उहाँलाई दिइन्छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे